कास्की कांग्रेसबाट डेढ सय उम्मेदवार सिफारिस

कास्की कांग्रेसबाट डेढ सय उम्मेदवार सिफारिस

पोखरा :संघीय संसद र प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेस र एमाले कास्कीले आआफ्ना केन्द्रलाई उम्मेदवारहरुको नाम सिफारिस गरेका छन्। कास्की कांग्रेसका सचिव रामराज लामिछानेका अनुसार प्रदेश र संघीय संसद तथा दुवैतर्फ समानुपातिकका गरी १ सय ६० जनाको नाम सिफारिस गरिएको जानकारी दिए।

क्षेत्रीय समितिहरुले प्रदेश र संघीय संसद तथा समानुपातिकतर्फका आकांक्षी उम्मेदवारहरुको नाम कास्की कांग्रेसलाई सिफारिस गरेका थिए। ती सबै नाममा थपघट नगरी उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाएको जानकारी सचिव लामिछानेले दिए। कास्कीमा संघीय संसदका लागि ३ र प्रदेशका लागि ६ निर्वाचन क्षेत्र छन्।

 

नेकपा एमाले कास्की मातहतका क्षेत्रीय कमिटीमध्ये क्षेत्र नम्बर १ ले पूर्वमन्त्री खगराज अधिकारीलाई संघीय संसदको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरी जिल्ला कमिटीलाई पठाएको छ। क्षेत्र नम्बर २ को बैठक मंगलबार बसे पनि निष्कर्षमा पुग्न सकेन। क्षेत्र नं ३ को कमिटीले जगत विश्वकर्मा, उमा कोइराला र जगन्नाथ बास्तोलाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा सिफारिस गरेको छ।

एमाले कास्कीले प्रदेश र समानुपातिकतर्फका उम्मेदवारहरुको नामबारे छलफल गरे पनि टुंगो लगाइसकेको छैन। माओवादी केन्द्रले पनि उम्मेदवारहरुको नाम सिफारिस एक दुई दिनभित्र गरिसक्ने उक्त पार्टीका नेता त्रिभुवन पौडेलले जानकारी दिए।

कास्की कांग्रेस सभापति सिफारिस उम्मेदवारहरुको नाम लिएर काठमाडौं गएका छन्। उनले यसअघि स्थानीय तह निर्वाचनमा पनि आकांक्षी सबैको नाम उम्मेदवारका रुपमा केन्द्रलाई सिफारिस गरेका थिए। सोही प्रवृत्ति दोहोर्‍याउँदै यसपालि पनि आकांक्षी सबैको नाम उनले केन्द्रलाई पठाएका हुन्।

कांग्रेसबाट पूर्वसभामुख तारानाथ रानाभाट र कानुन मन्त्री यज्ञबहादुर थापा, केन्द्रीय सदस्य जीवन परियार, पूर्ववडाध्यक्ष फत्तबहादुर गुरुङ र वैदेशिक रोजगार व्यवसायी तिलक रानाभाट कास्की क्षेत्र नं १ बाट संघीय संसदको प्रत्यक्षतर्फका आकांक्षी छन्। जिल्ला पार्टी सभापति कृष्ण केसी भने सोही क्षेत्रमा प्रदेशतर्फ खबाट प्रत्यक्षको आकांक्षी छन्। त्यस्तै संघीय संसदको प्रत्यक्षतर्फ पूर्वमन्त्री महादेव गुरुङ, पूर्वसचिव बाबुराम आचार्य, दीपक गुरुङ, भरतजंग गुरुङ र पोषनाथ शर्मा क्षेत्र नं ३ बाट र सोही क्षेत्रबाट पुराना नेताहरु शुक्रराज शर्मा र खेमराज पौडेल आकांक्षी छन्। क्षेत्र नं २ मा भने देवराज चालिसे, गुरु बराल, सोभियतबहादुर अधिकारी, ऋषि काफ्ले र परमेश्वर पोखरेल आकांक्षी छन्।

पोखरा महानगरपालिकाको मेयरमा पराजित रामजी कुँवर संघीय संसदको समानुपातिक उम्मेदवारतर्फ सिफारिसमा परेका छन्। उपमेयरमा पराजित सरस्वती गुरुङ पनि समानुपातिकतर्फ सिफारिस भएकी छन्। वडासदस्य निर्वाचित भइसकेकाहरुले पनि प्रदेश चुनावमा फेरि आकांक्षा देखाएका छन्। तिनीहरुको नामसमेत कास्की कांग्रेसले सिफारिस गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.