सत्ता स्वार्थका लागि तालमेल: राणा

सत्ता स्वार्थका लागि तालमेल: राणा

काठमाडौं: अर्थराज्य मन्त्री उदय शम्शेर राणाले तीन बाम घटकबीच भएको चुनावी तालमेललाई सत्ता स्वार्थको संज्ञा दिएका छन्।

चुनावमा एक्लाएक्लै जाँदा पराजय हुने डरले तीन दलहरुबीच तालमेल भएको दावी गरे। काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् अर्थराज्यमन्त्री राणाले भने, 'नाममा बाम एकता भने पनि सत्ता स्वार्थका लागि उनीहरु एक ठाउँमा उभिन बाध्य भएका हुन्। चुनावमा पराजय हुने डरले गर्दा एक भएका हुन्।'

मंगबालर नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल गर्ने र चुनाव लगत्तै पार्टी एकता गर्ने औपचारिक घोषणा भएको थियो। उनले तीन दलबीचको तालमेल लोकतन्त्रका लागि खतरा भएको समेत बताए। लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन बाम शक्तिहरु एक भएको दावी गरे।

अर्थराज्यमन्त्री राणाले कांग्रेसले लोकतान्त्रिक शक्तिहरुलाई एकतावद्ध गर्ने बताए। उनले भने, हामी लोकतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा राखेर बृहत लोकतान्त्रिक गठबन्धन बनाउँछौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.