प्रधानमन्त्री देउवा कानुनी परामर्शमा

प्रधानमन्त्री देउवा कानुनी परामर्शमा

काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनी परामर्श गर्न थालेका छन् । काँग्रेस बैठक लगत्तै आफनो सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले कानुनी परामर्श गर्न थालेका हुन ।
नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धन र पार्टी एकता गर्ने प्रक्रिया अगाडि बढाएपछि उत्पन्न परिस्थितिका बारेमा प्रधानमन्त्री देउवाले कानुनी परामर्श थालेका हुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई मंगलबार दुई पटक भेटेर एमालेसँग चुनावी तालमेल गरेपनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने र बर्तमान सरकारले नै निर्वाचन गराउने बताएका थिए । 

 


बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की,महादेव यादव,बसन्तराज भण्डारी,बिपिन अधिकारीसहित नेपाल बार एशोसियनका पदाधिकारीहरुलाई प्रधानमन्त्री देउवाले परामर्शका लागि बोलाएका छन् । प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार समसायिक राजनीतिक अवस्थाका बारेमा कानुनविदहरुसँग परामर्श गर्न लागिएको हो ।
प्रधानमन्त्री देउवाले बिभिन्न पेशा र व्यवसायीहरुसँग बृहत लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने बारेमा परामर्श गर्ने क्रममा कानुन क्षेत्रका बिज्ञहरुसँग पनि परामर्श गर्न लागेको परियारले जानकारी दिए । लोकतान्त्रिक गठबन्धनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाले परामर्शलाई निरन्तरता दिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.