गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने: अध्यक्ष केसी

 गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने: अध्यक्ष केसी

काठमाडौँ: राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र पक्षधरसँग चुनावी तालमेल हुनसक्ने संकेत गरेका छन्। रिपोर्टस क्लबद्वारा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष केसीले नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति नेपालबीच भएको तालमेल र एकता प्रयासलाई आफूले ठूलो रुपमा नलिएको भन्दै चुनावी तालमेल भए तापनि पार्टी एकता भने हुन नसक्ने बताए।

 

नेकपा (माले)का महासचिव सिपी मैनालीले चुनावअघि आफूहरु पार्टी एकीकरणमा नजाने बताए। उनले एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीच भएको तालमेलको शुरुवात सकारात्मक भएको भन्दै आगामी चुनावपछि मात्र छलफलमा जाने भनाइ व्यक्त गरे।

त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष सिपी गजुरेलले एमाले र माओवादी केन्द्रबीचको एकतालाई दक्षिणपन्थी एकताको संज्ञा दिँदै बाम एकताको प्रयास नै गलत भएको बताए।

उनले एमाले, माओवादी र नयाँशक्तिले कम्युनिष्ट आन्दोलनको गठबन्धन बनाउँछौं भनेर जनतालाई ढाँट्ने काम गरेको आरोप लगाउँदै यो गठबन्धन जनता र राष्ट्रको लागि औचित्यहिन रहेकोसमेत दाबी गरे।

माओवादी केन्द्रका नेता दीनानाथ शर्माले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको तालमेलले वर्तमान सरकारलाई केही असर नपर्ने बताए।

उनले बाम तालमेलको प्रयासबारे आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै जानकारी दिएको उल्लेख गर्दै भने, 'हामीले एमालेसँग बाम तालमेल गर्नेबारे काँग्रेसलाई जानकारी दिएका थियौं, त्यसैले यो कसैका विरुद्ध लक्षित छैन्।'

नेता शर्माले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारबाट चुनाव हुने भन्दै पार्टी फुटेर भन्दा पनि जुटेर अघि बढ्नु उपयुक्त हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.