माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लड्ने संयुक्तको निर्णय

माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लड्ने संयुक्तको निर्णय

काठमाडौ : सत्ता गठबन्धनको एक अर्को घटक नेकपा संयुक्तले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हसिया हथौडा चिन्हमा चुनाव लडने निर्णय गरेको छ।

सो पार्टीको बुधवार काठमाडौमा बसेको आकस्मिक पोलिटव्यूरो बैठकले एमाले,माओवादी केन्द्र र नयाँ शक्ति नेपालको अग्रसरतामा भएको एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणालाई उच्च मूल्याङकन गर्दै स्वागत गरेको छ । ‘बर्तमान समय र अवस्थामा बामहरु वीच एकता र एकीकृत पार्टी निर्माण देश काल परिस्थिति तथा आम सर्वसाधारणको माग हो’ बैठकपछि सो पार्टीका महासचिव ठाकुर शर्मा,कार्यबाहक संयोजक सुनिल मानन्धर र बरिष्ठ नेता चन्द्रदेव जोशीले जारीगरेको संयुक्त बक्तव्यमा भनिएको छ ।


सो पार्टीका अध्यक्ष गणेश शाह मुलुक बाहिर रहेका कारण महासचिव शर्माको अध्यक्षतामा बसेको बैठकले समाजवाद उन्मुख आर्थिक,सामाजिक परिवर्तन,सुशासन,राष्ट्रिय एकता,अखण्डता तथा सार्वभौमिकताको संरक्षणका लागि बाम एकता मुलुकको आवश्यकता रहेको संयुक्तको मान्यता रहेको बिज्ञप्तिमा उल्लेख छ ।

बृहद बाम एकीकरणको यस प्रक्रियालाई सफलताका साथ पूर्णता दिन सबैबाट निष्ठापूर्वक काम गर्नु र आ आफनो क्षेत्रबाट सहयोग पुरयाउन सम्पूर्ण आम जनसमुदाय,देशक्त र प्रगतिशील बुद्धिजीवीहरुलाई सो पार्टीले अपिल गरेको छ ।


बरिष्ठ नेता जोशी नेतृत्वको टोलीले बाम एकता प्रक्रियामा सहमति निर्माण गर्न जुटिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका गृहमन्त्री जनाद्र्धन शमासँग छलफल गरेका थिए । प्रदेश नम्बर २ र ७ मा आफनो प्रभाव क्षेत्र रहेको सो पार्टीका तीन जना साँसद छन् । सो पार्टी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.