दशैंमा छमछमी नचाए कलाकारले

दशैंमा छमछमी नचाए कलाकारले

विजया दशमीका अवसरमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। धादिङ जिल्लाको रातमाटे गाउँमा हाम्रो भाका हाम्रो, हाम्रो लोक सँस्कृति प्रतिष्ठान नेपालको धादिङ जिल्ला शाखाले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो।

 

सांस्कृतिक कार्यक्रममा देशका चर्चित कलाकारहरुको उपस्थिति थियो। उनीहरुको प्रस्तुति हेर्न ठूलो संख्यामा स्थानीयको उपस्थिति थियो। आफ्नै गाउँमा राष्ट्रिय कलाकारको दमदार प्रस्तुति देखेपछि स्थानीय दंग थिए।

नेपालको पहिचान लोक संस्कृति हराउँदै गएको भन्दै प्रतिष्ठानले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो।आधुनिकताका नाममा देशको पहिचान लोप हुँदै गएको कलाकारले गुनासो गरे। उनीहरुले राज्यले नै लोकसंस्कृतिलार्इ वेवास्ता गरेको गुनासो गरे। राज्यले देशको पहिचान बनेको लोकसंस्कृतिको जेगर्ना गर्न विशेष पहल गर्नुपर्नेमा कलाकारको जोड थियो।

राज्यले लोकसंस्कृतिलार्इ विर्षदै गएकाले कलाकारहरु नै यसको रक्षाका लागि लागेको प्रतिष्ठानले जनाएको छ। देशव्यापीरुपमा सांस्कृतिक कार्यक्रम गर्दै जाने प्रतिष्ठानले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.