जुम्लाका नेताले यसरी गरे तालमेलको स्वागत

जुम्लाका नेताले यसरी गरे तालमेलको स्वागत

जुम्ला : केन्द्रमा तीन पार्टीबीचमा एकताको प्रयास र तालमेलको सहमति भएसँगै जिल्लामा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । तीन दलको उक्त निर्णय देशको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक निर्णय भएको भन्दै जिल्लास्थित नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालले स्वागत गरेका छन्। 

दलहरुले बुधवार जुम्लामा पत्रकार सम्मेलन गर्दै पार्टी नेतृत्वले गरेको ऐतिहासिक एकताको निर्णय स्वागत योग्य रहेको र यथासीघ्र कार्यान्वयन गर्ने बिषयमा प्रतिबद्धता जनाएका छन् । मंगलबार नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको हस्ताक्षरमा भएको ६ बुद्धे सहमति बारे जानकारी दिन एमाले पार्टी कार्यालयमा ३ दलले संयुक्त पत्रकार सम्मेलन आयोजना गरी केन्द्रको निर्णय र निर्देशन जिल्लामा प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताएका छन् ।

 

एकाएक एकताको प्रयासमा वामपन्थी पार्टीहरु पुगेपछि जुम्लामा तीनै दलको सहमतिमा दलका नेता कार्यकर्ता तथा जनतालाई यो एकताको स्वागत गर्न समेत आह्वान गरेका छन् । 

माओवादी केन्द्र जुम्ला संयोजक वीरबहादुर कुँवर, एमाले अध्यक्ष तिर्थ बुढा र नयाँ शक्ति नेपालका जिल्ला ईन्चार्ज नरेन्द्रनाथ योगीद्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले केन्द्रमा गरेको ६ वुँदे सहमतिलाई स्वागत गर्दै समर्थन गरिएको छ । विज्ञप्तिमा भनिएको छ, वि.सं ‘२००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी वर्ग संघर्ष, विचारात्मक संघर्ष र व्यवहारिक प्रयोगका अनेक श्रृखला प्रयोग गर्दै यो अवस्थामा पुगेको छ । नेकपा एमाले, माओवादी केन्द्रको नीतिगत नेतृत्वले मुलुकमा गणतन्त्र, संघीयता, समानुपातिक समावेसिता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको संविधान निर्माण भएको छ ।’

यसैगरी आगामी प्रतिनिधिसभा र प्रदेश सभामा भएको निर्वाचनमा जसले उम्मेदवारको अवसर पाएपनि एकमत भएर विजय गराउने निर्णय भएको छ । यसैगरी विज्ञप्तिमा अभियानलाई सफल पार्न क्रियाशिल वामपन्थी पार्टीहरु र स्वतन्त्र समूह सबैलाई एकता प्रक्रियामा सहभागि हुन आह्वान गरिएको छ । पत्रकार सम्मेलनमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री बलबहादुर महतले अब हिजोको बिषयलाई बिर्सेर एकमत भएर अगाडी बढ्नेमा सबैले सोच्नुपर्ने बताए । पार्टी एकताको प्रयास र आसन्न चुनावी तालमेल गर्ने सहमतिको स्वागत गर्दै तीन दलले दीप प्रज्वलनको आह्वान गरेका छन् । साँझ ६ बजे चन्दननाथ मन्दिर अगाडी दिप प्रज्वलन गर्ने र आगामी २० गते जिल्लामा तीनपार्टीबीचमा चियापान कार्यक्रमको आयोजना गरी शुभकामना आदान-प्रदान समेत गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.