वाम तालमेलले हर्ष, एकतामा आशंका

वाम तालमेलले हर्ष, एकतामा आशंका

रोल्पा : ठूला वामपन्थी दल एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको सहमतिप्रति कार्यकर्तामा हर्षसँगै आशंका देखिएको छ। उनीहरूले नेताहरूको पद मोहका कारण पार्टी एकतामा भने आशंका गरेका छन्।

‘आगामी निर्वाचनमा तालमेल र त्यसपछि पार्टी एकता गर्ने घोषणाले हामी खुसी भएका छौं', माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र थापाले भने, ‘हामी वामपन्थी दलहरूबीच धु्रवीकरण हुनुपर्छ भन्नेमै थियौं। नेताहरूले सरप्राइजजस्तै गरी चुनावी तालमेलपछि पार्टी एकता गर्ने घोषणा गर्दा हर्षित नै छौं।'

 

एमालेका जिल्ला अध्यक्ष हरिप्रसाद घर्ती मगरले तीन दलको घोषणाले कार्यकर्ता र समर्थकमा खुसियाली छाएको बताए। ‘वाम धु्रवीकरण गर्दै पार्टी एकता हुनुपर्छ भनेर जिल्ला कमिटीले केन्द्रमा सुझाव दिँदै आएको थियो, ढिलै भए पनि त्यसको सुनुवाइ भएको महसुस हामीले गरेका छौं', अध्यक्ष घर्तीले भने, ‘निर्वाचनमा तालमेल र त्यसपछि एकता गर्ने घोषणा सुनेर गाउँ-गाउँबाट कार्यकर्ताले मलाई फोन गरेर हर्षित भएको सुनाइरहेका छन्।'

केन्द्रमा तालमेल र एकता प्रक्रियाको घोषणापछि एमाले र माओवादी केन्द्रका जिल्ला अध्यक्षहरूबीच भेट भने भएको छैन। उनीहरू आआफ्ना कार्यकर्ताको जिज्ञासा मेटाउन र खुसी साटासाट गर्न व्यस्त छन्। दुवै पार्टीका जिल्ला नेताले वाम धु्रवीकरण राष्ट्रिय आवश्यकता भएको बताएका छन्। उनीहरूले शीर्ष नेताहरूमा त्याग, तपस्या र समर्पण अभावले वाम एकता नहुने हो कि भन्ने आशंका भने गरेका छन्।

‘वाम एकताका लागि नेताहरूले पद त्याग्न सक्नुपर्छ, त्यसो भएन भने त्यागकै अभावले एकता टुट्न सक्छ,' एमाले क्षेत्र नम्बर २ का निवर्तमान अध्यक्ष प्रेमबहादुर घर्तीले भने, ‘कार्यकर्ता जहिल्यै वाम एकताकै पक्षमा थियौं, नेताहरू नमिलेर मात्र समस्या थियो। अब नेताहरूले नै घोषणा गरेपछि आशा जागेको छ।'


-‘वाम धु्रवीकरण गर्दै पार्टी एकता हुनुपर्छ भनेर जिल्ला कमिटीले केन्द्रमा सुझाव दिँदै आएको थियो, ढिलै भए पनि त्यसको सुनुवाइ भएको महसुस गरेका छौं।'
हरिप्रसाद घर्ती मगर, एमालेका रोल्पा अध्यक्ष
-‘हामी वाम धु्रवीकरण हुनुपर्छ भन्नेमै थियौं। नेताहरूले सरप्राइजजस्तै गरी चुनावी तालमेलपछि पार्टी एकता गर्ने घोषणा गर्दा हर्षित नै छौं।'
सुरेन्द्र थापा, माओवादी केन्द्रका रोल्पा अध्यक्ष

माओवादी केन्द्रका जिल्ला सचिवसमेत रहेका रोल्पा नगरपालिकाका मेयर पुरण केसीले छलकपटले एकता भाडिने अवस्था आउन नहुने बताए। ‘जनताको समाजवादको सपना पूरा गर्न एउटै कम्युनिस्ट पार्टीको आवश्यकता छ, अब एकता हुनै पर्छ', उनले भने। कार्यकर्ताबाट मि िश्रत प्रतिक्रिया आइरहेको उनले सुनाए। ‘आकस्मिक रूपमा केन्द्र तहबाट सहमति घोषणा भएकाले कार्यकर्ता तहमा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आइरहेको छ', उनले भने, ‘कार्यकर्ता र जनस्तरमा माहोल बनाउनुपर्छ, नेताको जुंगाको लडाइँले एकताको लक्ष्य भत्किनुहुँदैन।'

स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच देखिएको मतभेद कार्यकर्ता तहमा अझै कायम छ। एकआपसमा सम्बन्ध सुमधुर भइनसक्दै चुनावी तालमेल र त्यसपछि पार्टी एकताको घोषणाले कतिपय कार्यकर्ता रुष्ट बनेका छन्। यस जिल्लामा माओवादी केन्द्र पहिलो र एमाले तेस्रो स्थानमा छन्।
एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत उम्मेदवार उठाउने सहमतिबारे भने जिल्लामा अन्योल देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.