भावना मिल्न नसक्दा गैरवामपन्थीसँग लगनगााँठो कसियो : रामकुमारी झाँक्री

भावना मिल्न नसक्दा गैरवामपन्थीसँग लगनगााँठो कसियो : रामकुमारी झाँक्री

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको कार्यगत एकता हतार र आकस्मिक रूपमा भएको होइन। सैद्धान्तिक हिसाबले तीनै पार्टीले माक्र्सवाद मान्दै आएका छन्। राजनीतिक क्रान्ति सम्पन्न भइसकेको अवस्थामा अब सबैको एउटै उद्देश्य समाजवादमा कसरी पुग्ने भन्ने हो। न्याय र समतामूलक समाजको परिकल्पना सबैको नारा हो। तात्कालिक राजनीतिक प्रश्नमा फरक मत राख्दै ससाना टुकडीमा विभाजित हुँदा त्यसले सकारात्मक परिणाम दिन नसकेकाले आगामी निर्वाचनमा कार्यगत एकता र क्रमशः पार्टी नै एकता गर्ने सहमति भएको हो।

 

यो एकता प्रक्रियाले कम्युनिस्ट पार्टी भनेको श्रमजीवी वर्गको प्रतिनिधि हो भन्ने सन्देश प्रवाह भएको छ। हिजो विभाजित भएर जाँदा त्यस्तो देखिन सकेन। विचार मिलेर पनि भावना मिल्न नसक्दा गैरवामपन्थीसँग लगनगाँठो कस्ने काम पनि भए। पछिल्लो दुई दशकसम्म एमाले र माओवादीको सम्बन्ध प्रायः कटुतापूर्व रह्यो। हामी पनि माओवादीसँग भन्दा कांग्रेससँग सहकार्य गर्न तयार भयौं।

वामपन्थीसँग बेलाबेलामा एकताका कुरा भइरहन्थे। एकता प्रयासबारे कुरा भएका हुन् विगतमा पनि। अहिलेसम्म ठोस आकार लिन सकेको थिएन। त्यसैले पनि हामी ऐतिहासिक एकीकरण प्रक्रियाबाट अति उत्साहित छौं। अब देशमा स्थिरता भई समृद्धि हासिल हुन सक्छ भन्नेमा हामी ढुक्क छौं, तर व्यवस्थापनाको पनि कम चुनौतीपूर्ण छैन। अगाडि बढ्दा पछाडि फर्केर हेर्नु उचित छैन। त्यसैले अब विगत कोट्याएर भएन। हामीलाई आआफ्ना एजेन्डा प्रिय लाग्न सक्छन्, तर त्यही विषय अरूका लागि प्रिय नलाग्न सक्छ। यसर्थ विगत बिर्सेर अघि बढौं। संविधानमै समाजवादमा उन्मुख उल्लेख भइसक्दा अब हामीले अन्य समाजका मुद्दामा लड्नुपर्छ। अबको प्रश्न हो- समाजवादमा जाने आधार कसरी तय गर्ने ? यो विषयलाई आधार मान्दै हामी कसरी सरकार सञ्चालन गर्छौं ? यसको लागि हामी आफैं नै फेरिनुपर्ने हो कि ? किनकि चरित्रसम्बन्धी थुप्रै प्रश्न छन् नेपाली कम्युनिस्ट आन्दोलनमा। त्यसैले आफ्नो चरित्र सुधार्न पर्ने हो कि ? हामी अब त्यसतर्फ जाने हो भने वाम एकताको लागि भएको पछिल्लो प्रयासलाई ऐतिहासिक मान्नुपर्छ। संसारभर वाम आन्दोलनका बारेमा प्रश्न उठेका बेला नेपालमा भएको यो धु्रवीकरण वामआन्दोलनको बारेमा अध्ययन गर्न चाहनेका लागि आफैंमा सोधको विषयसमेत बन्न सक्छ।

पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्नु सामान्य घटना थियो। दुईचारजनाको यो समूहले के नै गर्ला भन्ने ठानेका थिए उतिबेला कतिले। तर त्यही कम्युनिस्ट पार्टी आज देशको जबर्जस्त र प्रमुख शक्ति बन्दैछ। एकीकरण प्रक्रियाले समय लिए पनि साझा उद्देश्य लिएर अघि बढेपछि हामीले सही लक्ष्यमा पुग्नैपर्छ। त्यसको लागि पदका कुरा गौण हुन्। समुन्नत नेपाल बनाउने संकल्प प्रमुख हो। आमूल परिवर्तन र सामाजिक न्याय स्थापित गर्दै गर्दा मैले के पाउँछु भन्ने कुरो प्रमुख होइन। व्यक्तिगत लाभहानिको विषय गौण हो। नाफाघाटा हेरेर राजनीति गरियो भने त्यसले गन्तव्यमा पुर्‍याउँदैन। यसको लागि नेतृत्वले आफ्ना कार्यकर्तामा त्यागको भावना सञ्चार गराउनुपर्छ, आशा जगाउनुपर्छ। -रामकुमारी झाँक्री, एमाले नेत्री

वाम ध्रुवीकरणपछिका विमर्श : को के भन्छन् ?


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.