एमालेका दुई उपमहासचिव रुपन्देहीबाट सिफारिस
बुटवल: प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमाले रुपन्देहीले उम्मेदवारको नाम सिफारिस गरेको छ। पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नम्बर १ बाट उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य छविलाल विश्वकर्माको नाम सिफारिस भएको छ।
क्षेत्र नम्बर दुईले अर्का उपमहासचिव विष्णु पौडेलको मात्रै नाम सिफारिस गरेको छ। क्षेत्र नम्बर ३ बाट उपमहासचिव भुसाल सहित नेता डा. विजय पौडेल र पुष्पाञ्जली उपाध्यायको नाम सिफारिस भएको छ।
प्रदेश नम्बर ५ बाट केन्द्रीय सदस्य खिमलाल भट्टराईको नाम सिफारिस भएको एमालेले जनाएको छ। क्षेत्र नम्बर ४ को बैठक बसिसकेो छैन। प्रदेश प्रतिनिधि सभामा भने दर्जनौ नेताहरुले आकांक्षा देखिएका छन्।
पार्टीको केन्द्रीय सर्कुलर बमोजिम क्षेत्रीय कमिटिहरुले नाम सिफारिस गरेका हुन। समानुपातिकाका लागि प्रत्येक क्षेत्रबाट तीन जनाको नाम सिफारिस भएको छ। क्षेत्रीय कमिटिको सिफारिसलाई जिल्ला प्रदेश हुँदै केन्द्रले टुंगो लगाउने बताइएको छ।
माओवादी र नयाँ शक्तिसंग तालमेल भएकाले उम्मेदवार चयनमा अन्योल भएको छ। रुपन्देहीका दुई निर्वाचन क्षेत्रमा माओवादीले टिकट पाउने बताइएको छ। नेपाली कांग्रेस भने आन्तरिक छलफलमा व्यस्त छ।