वामपन्थी एकता धेरै टिक्दैन : भण्डारी

वामपन्थी एकता धेरै टिक्दैन : भण्डारी

भक्तपुर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले एमाले, माओवादी केन्द्र र जनशक्ति पार्टी नेपालको एकता लामो नजाने ठोकुवा गरेका छन्।
नेपाली कांग्रेस भक्तपुर नगर समितिले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता भण्डारीले माओवादी आफै एकत्रित हुन नसकेको अवस्थामा एमालेसँगको एकता लामो नजाने दावी गरेका हुन्।

एमाले, माओवादी केन्द्र र जनशक्तिको नेतृत्वको बुद्धि र हैसियतले वामपन्थी एकता नभएको उनको भनाइ थियो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार हुँदा वनमन्त्री रहेका नेता भण्डारीले प्रधानमन्त्री हुँदै प्रचण्डले माओवादीलाई कम्युनिष्ट केन्द्र बनाउन कांग्रेससँगको सहकार्यलाई लम्ब्याउनुपर्ने बताएको स्मरण गरे।

‘हिजो कांग्रेससँगको सहकार्य लम्ब्याएर माओवादीलाई कम्युनिष्ट केन्द्र बनाउनुपर्छ भन्नुहुने प्रचण्डले अहिले हठात रुपमा एमालेसँग एकता गर्नु प्रचण्ड र ओलीको मात्रै हैसियतलमा भएको होइन', उनले भने।

नेता भण्डारीले वामपन्थीहरुबीच एकता भए पनि कांग्रेसको सान्दर्भिकता समाप्त नहुने स्पष्ट पारे। २००७ सालको क्रान्तिदेखि राजतन्त्र फाल्ने २०६२/०६३ को आन्दोलनसमेत कांग्रेसको नेतृत्वमा भएको दावी गर्दै उनले समृद्ध नेपाल निर्माणको नेतृत्व पनि कांग्रेसले गर्ने बताए।

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहको निर्वाचनमा जस्तो घात प्रतिघात नगर्न कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरे।
‘अबको निर्वाचनमा जसले टिकट पाउँछ, व्यक्तिभन्दा पनि कांग्रेस चुनाव लड्दै छ भन्ने भावनाले कांग्रेसलाई जिताउन लागिपर्नुहोस्', नेता भण्डारीले भने, ‘पहिले कांग्रेस जोगाऔं, त्यसपछि पार्टी सुधारौंला, अनि के के बहस गर्नुपर्छ गरौंला।'

कार्यक्रममा कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, नगर सभापति रामप्रसाद कासुला, नगर सचिव राजेन्द्र तमखु, कांग्रेस नेताहरु बाबुराजा जोशी, तिलकप्रकाश कायस्थलगायतले देश जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा आएकोले सबै कांग्रेसीहरु एकजुट भएर चुनावमा होमिनुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.