एमाले गर्‍यो उम्मेदवारको नाम सिफारिस

एमाले गर्‍यो उम्मेदवारको नाम सिफारिस

नेपालगन्ज: नेकपा एमाले बाँकेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले बाँकेका ३ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुको नाम छनोट गरेर सिफारिस गरेको छ। एमाले क्षेत्रीय कमिटीले प्रत्येक क्षेत्रबाट एक जना महिला सहित ३–३ जनाको नाम सिफारिस गरेका हुन्। एमालेले बाँकेको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यको लागि नन्दलाल रोकाय, कमल वस्नेत र एकता शाहको नाम सिफारिस गरेको छ।

 

 

निर्वाचन प्रक्रियाबाट एमाले बाँकेका निर्वतमान अध्यक्ष रोकाय र यूवा संघ इन्चार्ज बस्नेतको नाम सिफारिस भएको हो। माक्र्सवादी दर्शनका ज्ञाता रोकायले हालै सम्पन्न स्थानीय निकायको निर्वाचनमा राम्रो भूमिका निर्वाह गरेका थिए।

अस्कल क्याम्पसका पूर्व स्ववियू सभापति समेत रहेको बस्नेत जिल्ला यूवा समितिका अध्यक्ष समेत हुन्। उम्मेदवार छनोटको लागि भएको निर्वाचनमा रोकायले ३५ र कमल बस्नेतले २९ मत ल्याएर सिफारिस भएका हुन्। शाह सर्वसम्मत रुपमा छनोट भएको एमाले क्षेत्र नम्बर ३ का इन्चार्ज किस्मत कुमार कक्षपतिले जानकारी दिए।

वर्तमान सांसद एवम् साविक बाँके क्षेत्र नं. ४ का सांसद सुनार निर्वाचन प्रक्रियामा पराजित भएका छन्। साविकको क्षेत्र नं. ४ मा लोकप्रिय मानिएका एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका सुनारले २५ मत पाएपछि उनी सिफारिसमा पर्न सकेनन्। निर्वाचनमा जिल्ला कमिटी सदस्य भद्र प्रसाद देवकोटाले १९ मत प्राप्त गरे।

बाँके क्षेत्र नं. ३ प्रदेस सभा क्षेत्र (क) बाट रत्न खत्री, दिपक जिएम र भगवती शाहको नाम सिफारिस भएको एमाले गैरसरकारी विभाग सचिव धर्म रोकायले जानकारी दिए। क्षेत्र नं. ३ प्रदेस सभा क्षेत्र नं. (ख) का लागि बाबुराम गौतम, पदम धिताल र जन्नातुल शेषको नाम सिफारिस भएको एमाले बाँकेका जिल्ला कमिटी सदस्य डिल्ली विसीले जानकारी दिए।


प्रतिनिधि सभा निर्वाचन लागि बाँके क्षेत्र नं. १ बाट पार्टी अध्यक्ष अशोक कोइराला, जिल्ला सचिवालय सदस्य एवम् यूवा संघका पूर्व उपाध्यक्ष सूर्य ढकाल र भारती खनालको नाम सिफारिस गरेको बाँके क्षेत्र नं. १ का इन्चार्ज सूर्य ढकालले जानकारी दिए।

बाँके क्षेत्र नंं. १ बाट विजयी सांसद देवराज भारले इच्छा देखाएका थिए। सर्वसम्मत नहुने देखेपछि सांसद भार पछाडी हटेपछि तीन जना सर्वसम्मत सिफारिस भएका हुन्। क्षेत्र नं. १ प्रदेस सभा क्षेत्र (क) बाट बजारु थारु, सोहनलाल यादव र लक्ष्मी चौधरीको नाम सिफारिस भएको संयोजक रामकृष्ण विकले जानकारी दिए। नेकपा एमाले बाँके क्षेत्र नं. १ प्रदेस क्षेत्र (ख) ले खिल प्रसाद भुसाल, प्रेम भुसाल र आरती पौडेलको नाम सिफारिस गरेको छ।

बाँके निर्वाचन क्षेत्र नं. २ का लागि पशुपति दयाल मिश्रको नाम सिफारिस भएको छ। मिश्र राष्ट्रिय जनता पार्टीका सह–महामन्त्रीबाट राजीनामा दिएर एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा होमिने भएपछि एमाले बाँके क्षेत्र नंं. २ ले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि उनको नाम सिफारिस गरेको हो।

एमाले बाँकेका अध्यक्ष अशोक कोइराला अनुसार बाँके क्षेत्र नं. २ प्रदेस क्षेत्र नं. (ख) बाट दत्तप्रसाद आचार्य, विजय गुप्ता र भुमा पाण्डेको नाम सिफारिस भएको छ। प्रदेस सभाका लागि बाँके क्षेत्र नं. २ (क) बाट निरक गुरुङ्ग, डम्वर थापा र शान्ति ढकालको नाम सिफारिस भएको छ। सर्वसम्मत हुन नसकेपछि भएको मतदानमा गुरुङ्गले कुल मतदाता १२ मध्ये सवै मत प्राप्त गरेको उनले बताए।

माओवादी केन्द्रले पनि गर्‍यो प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार सिफारिस
नेकपा माओेवादी केन्द्र बाँकेले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। माओवादी केन्द्र बाँकेका संयोजक आईपी खरेलका अनुसार प्रतिनिधी सभाका लागि क्षेत्र नं. १ बाट महेश्वर गहतराज (अथक), कृृष्णा केसी (नमुना) र अञ्जना चौधरीको नाम सिफारिस भएको छ।

प्रदेस सभा सदस्यका लागि क्षेत्र नं. १ प्रदेस सभा १ (क) बाट प्रकाश सुवेदी, दुर्गा थारु, अमर खड्का र चिमबहादुर घर्तीको नाम सिफारिस भएको छ भने १ (ख) बाट ओमप्रकाश केसी, नरेन्द्र पाण्डे, तुलाराज विष्ट, अवराज खड्का, सुरेश थारु र अशोक पोख्रेलको नाम सिफारिस भएको छ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभाका लागि अतहर हुसेन फारुकी, दामोदर आचार्य र नारद पुरीकोे नाम सिफारिस भएको माओवादी केन्द्रले जनाएको छ। प्रदेस सभा क्षेत्र २ (क) का लागि कामताप्रसाद सोनखर र जगदिश बहादुर सिंहको नाम सिफारिस भएको छ।

प्रदेश २ (ख) बाट गेहराज रिजाल, अकलबहादुर बम, डिल्लीप्रसाल बराल, फिरोज अहमद अन्सारी, ललित रौनियार, आदेश अग्रवाल र अक्रम अन्सारीको नाम सिफारिस भएको माओवादी केन्द्र बाँकेका संयोजक आइपी खरेलले जानकारी दिए।

प्रतिनिधीसभाका लागि क्षेत्र नं. ३ बाट इन्द्रप्रसाद खरेल (आइपी) र परमानन्द बर्माको नाम सिफारिस भएको छ। प्रदेश ३ (क) बाट डम्बर विक, शालिकराम खड्का, राजकुमार विक, टंक पोख्रेल, विजय पाठक र धनिराम वलीको नाम सिफारिस भएको छ। भने प्रदेस सभा क्षेत्र नं. ३ (ख) का लागि दिपेन्द्र बहादुर शाह, कुवेर रिजाल र मुबारक शेषको नाम सिफारिस भएको छ।

संघको समानुपातिकका लागि तिलक परियार, पुर्णा सुवेदी, अशोक रोकाय, डा. जितेन्द्र महासेठ, मो. उमर हलवाई, उमाशंकर कसौधन र मौलाना मन्सुरको नाम सिफारिस भएको माओवादी केन्द्रले जनाएको छ।

प्रदेशसभा तर्फ समानुपातिक उम्मेदवारका लागि पार्वती पुन, कमल प्रसाद खड्का, सावित्रा पुन, अमर परियार, कृष्णबहादुर थारु, कलिम अहमद अन्सारी, पट्टु थारु, नरबहादुर केसी, रेणुका खड्का, फना शर्मा, कमला न्यौपाने, चेतप्रसाद चापागाई, मन्दिरा पाण्डे, रामबाबु थारु, मेराज खाँ, प्रेमाकुमारी शाही, परशुनारायण थारु, जयकुमारी खड्का, जमिल खान, सुनैनादेवी मिश्रा, सीतादेवी बर्मा, मो. सलिम हल्वाई, गरिबे शेष, प्रदिप विक, रिजवान खाँ, नन्दलाल बैश्य र विष्णुप्रसाद देवकोटाको नाम सिफारिस भएको संयोजक खरेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.