डा. केसी पुन: १३औ पटक अनशनमा

 डा. केसी पुन: १३औ पटक अनशनमा

काठमाडौं: संसद्मा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक मुख्य तीन दलले साँठगाँठ र तोडमोड गरी ल्याउन लागेको भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा. गोविन्द केसीले पुनः अनशन सुरु गरेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहीबार साँझदेखि उनले १३ औं अनशन सुरु गरेका हुन।

 डा. केसीले गत असोज १३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना माग पुरा गर्न बिहिबारसम्मको अल्मिेटम दिएका थिए। माग पूरा गर्न प्रधानमन्त्रीले चासो नदेखाएपछि आफु फेरी अनशन बस्ने बाध्य भएको उनले बताएका छन्।

त्यसअघि माथेमा प्रतिवेदनको सुझाव विपरित विधेयक पास गर्न लागेको भन्दै उनी संसद बैठकको आव्हान भएकै दिन गत असोज ९ गते अनशन बसेका थिए । तर चिकित्सा शिक्षा विधेयक पास नगरी संसद बैठक शुक्रबारसम्मका स्थगित भएपछि उनले २ दिनपछि चाडबाडलाई देखाउँदै अनशन स्थगित गरेका थिए।

डा. केसीले संसदको अवधि निकै कम भएकाले समयमै सही रुपमा ऐन पारित गर्नु पर्ने आवश्यकता रहेको बताएका छन्। माथेमा प्रतिवेदन र डा. केसीले दिएको सुझाव नसमेटिकन विधेयकले ऐनको रुप पाएको खण्डमा उपत्यकामा मनमोहन सहित थुर्पै मेडिकल कलेजले सम्बन्धन पाउने देखिएको छ।

माथेमा प्रतिवेदनले उपत्यकामा मात्रै मेडिकल कलेज सञ्चालनमा ल्याउँदा दुर्गमका नागरिक गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाबाट बञ्चित हुने उल्लेख गरेको छ।

यस्तै डा. केसीले पनि गरिब जनताको पहुँचमा पुग्ने गरी सरकार र निजी क्षेत्रले शिक्षा तथा स्वास्थ्य सेवा प्रवाह गर्नु पर्नेमा जोड दिदै आएका छन् । निजी क्षेत्रका काठमाडौंमा मेडिकल कलेज सञ्चालन गर्न चाहानेहरुले चाहि खुल्ला बजार नीति अनुसार आफुहरुले जनुसुकै स्थानमा कलेज सञ्चालन गर्न पाउनु पर्ने अडान लिएका छन्।

उपत्यकामा मेडिकल कलेज खोल्न दिने ÷नदिने विषयमा विवाद हुँदा लामो समयदेखि चिकित्सा शिक्षा विधेयकले टुंगो पाउन सकेको छैन । विधेयकलाई लिएर खासगरी नेकापा एमाले र नेपाली कांग्रेसका सभासदहरु विभाजित छन्। त्यसले उपत्यका बाहिर मेडिकल कलेज खोल्न तयारी अवस्था बसेकाहरुलाई प्रभावित बनाएको छ।

सरकारले तयार पारेको विधेयक संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिले संसोधन गर्दै उक्त विधेयक गत साउन २९ गते संसदमा पेश गरेको थियो । माथेमा प्रतिवेदन र डा. केसीले दिएको सुझाव नसमेटी विधेकले कानुनको रुप पाउन लागेको भन्दै समितिकै सदस्यहरुले विरोध जनाएका थिए।

यस्ता छन् डाक्टर केसीका माग
१) माथेमा प्रतिवेदन तथा आफ्ना सुझाव अनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने
२) काठमाडौं विश्वविद्यालयले एमबीबीएस तहका लागि तोकेको शुल्क तत्काल खारेज गर्नु पर्ने
३)माफियासँगको मिलोमतोमा अरबौंको चलखेल गरेकाले काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ मकाजु र डिन राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्ने
४) अनियमिततापूर्वक धेरै शुल्क तोक्ने तथा खाली भवनलाई एमबीबीएसको सम्बन्धन दिने त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने
५) चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट त्रिभुवन विश्वविद्यालले खोसेर लगेका अधिकारहरु तत्काल फिर्ता गर्नु पर्ने
६) बर्खास्त गरिएका आयाल निगमका प्रमुखमाथि छानविन गरेर उनले हिनामिना गरेको अरबौं रुपैयाँ असुल उपर गर्दै कारवाही गर्नु पर्ने
७)भ्रष्टचारमा संलग्न अन्य संस्थानका आवद्ध पदाधिकारीहरुमाथी पनि छानविन गरी दोषीलाई कारवाही हुनु पर्ने
८) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन–अध्यापन सुरु गर्ने गरी बजेटको व्यवस्था गर्नुपर्ने
९) कैलाली, दाङ, डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–तेह्रथुम लगायत ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.