पूर्वी रुकुम अब छुट्टै जिल्ला

पूर्वी रुकुम अब छुट्टै जिल्ला

रुकुमकोट : रुकुमको पूर्वी क्षेत्रका तीन गाउँपालिका समेटेर छुट्टै जिल्ला बन्ने भएको छ। जिल्लाको सदरमुकाम रुकुमकोट हुने निश्चित प्रायः भएपछि यहाँका जनतामा खुसी छाएको छ। बिहीबार पूर्वी रुकुम जिल्लाको प्रस्तावित सदरमुकाम रुकुमकोटमा जिल्ला प्रहरी कर्यालय र जिल्ला प्रशासन कार्यालय उद्घाटन गर्दै गृहमन्त्री जनार्दन शर्माले पूर्वी रुकुम र रुकुमकोटले ४४ वर्षअघि गुमाएको विरासत लामो संघर्षपछि पुनःस्थापित भएकोमा बधाई दिए।

 

२०१८ साल वैशाख १ गते सल्यान र जाजरकोटबाट छुट्टै जिल्लाका रूपमा कायम भएको रुकुमको पहिलो सदरमुकाम रुकुमको पूर्वी क्षेत्रको रुकुमककोटले २०३० सालमा गुमाएको सदरमुकामको अस्तित्व पुनः कायम हुने भएपछि पूर्वी क्षेत्रका जनतामा उत्साह छाएको हो।

पहिलेको सर्पकोट बराहक्षेत्रबाट शोभा हँुदै रुकुमकोट नामाकरण भएको रुकुमकोटबाट ४४ वर्ष अघि २०३० साल वैशाख २ गते तत्कालीन पञ्चायती व्यवस्थामा रुकुमको सदरमुकाम रातारात मुसीकोट (हाल सदरमुकाम रहेको स्थाल)सारिएको थियो। सदरमुकाम सारेपछि यहाँका स्थानीयसँगै रुकुमकोट पूर्वका जनताले सदरमुकाम रुकुमकोटमैै राख्न गरेको संघर्षको इतिहास लामो छ।

रुकुमकोटमै जिल्लाको सदरमुकाम रहनुपर्छ भन्ने मागको पक्षमा लडेका र पञ्चायती कालमा दुई पटक सांसदसमेत भइसकेका ७८ वर्षीय लोकेन्द्रबहादुर शाह ४४ वर्षअघिको त्यो दिन सम्झदै भन्छन्, ‘म सदरमुकाम रुकुमकोटमै कायम हुनुपर्छ भन्ने एक सूत्रीय मागमा जीवनभर लडें तर माग पूरा भएन। अहिले आएर फेरि छुट्टै जिल्ला बन्ने र त्यसको सदरमुकाम रुकुमकोट नै हुने भएपछि खुसी छु।'

नेपालको संविधान २०७२ को अनुसूची-४ मा उल्लेख गरिएअनुसार हाललाई रुकुम जिल्लाका दुई भागमध्ये प्रदेश नं. ५ मा ‘रुकुम (पूर्वी भाग)' र प्रदेश नं. ६ मा ‘रुकुम (पश्चिम भाग)' भनेर उल्लेख गरिएको छ। यसैलाई आधार मान्दै पूर्वमा रहेका सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिकालाई पूर्वी भाग मानिएको छ भने हाल सदरमुकाम रहेको मुसीकोटसहित आठबिसकोट र चौरजहारी नगरपालिका गरी तीन नगरपालिका तथा त्रिवेणी, सानीभेरी र बाँफिकोट गाउँपालिका गरी तीन गाउँपालिकासहित ६ स्थानीय तहलाई पश्चिम भाग मानिएको छ। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचानमा रुकुमको पूर्वी र पश्चिमी भागमा पहिलो र दोस्रो गरी दुई चरणमा चुनाव सम्पन्न भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.