‘तोडमोड गरिएको ऐन ल्याउन दिन्नँ'

‘तोडमोड गरिएको ऐन ल्याउन दिन्नँ'

काठमाडौं : संसद्मा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक मुख्य तीन दलले साँठगाँठ र तोडमोड गरी ल्याउन लागेको भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा. गोविन्द केसीले पुनः अनशन सुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहीबार साँझदेखि उनले १३ औं अनशन सुरु गरेका हुन् ।

 डा. केसीले गत असोज १३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना माग पूरा गर्न बिहीबारसम्मको अल्टिमेटम दिएका थिए । माग पूरा गर्न प्रधानमन्त्रीले चासो नदेखाएपछि फेरि अनशन बस्न बाध्य भएको उनले बताएका छन् । त्यसअघि माथेमा प्रतिवेदनको सुझावविपरीत विधेयक पास गर्न लागेको भन्दै उनी संसद् बैठक आह्वान भएकै दिन गत असोज ९ गते अनशन बसेका थिए । तर चिकित्सा शिक्षा विधेयक पास नगरी संसद् बैठक शुक्रबारसम्मका स्थगित भएपछि उनले चाडबाडलाई कारण देखाउँदै दुई दिनमै अनशन स्थगित गरेका थिए ।

डा. केसीले संसद्को अवधि निकै कम भएकाले समयमै सही रूपमा ऐन पारित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । माथेमा प्रतिवेदन र डा. केसीले दिएको सुझाव नसमेटिकन विधेयकले ऐनको रूप पाएको खण्डमा उपत्यकामा मनमोहनसहित थुपै्र मेडिकल कलेजले सम्बन्धन पाउने देखिएको छ । माथेमा प्रतिवेदनले उपत्यकामा मात्रै मेडिकल कलेज सञ्चालनमा ल्याउँदा दुर्गमका नागरिक गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाबाट वञ्चित हुने उल्लेख गरेको छ ।
यस्तै डा. केसीले पनि गरिब जनताको पहुँचमा पुग्ने गरी सरकार र निजी क्षेत्रले शिक्षा तथा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै आएका छन् । तर निजी क्षेत्रले चाहिँ खुला बजार नीतिअनुसार जनुसुकै स्थानमा कलेज सञ्चालन गर्न पाउनुपर्ने अडान लिएको छ ।

उपत्यकामा मेडिकल कलेज खोल्न दिने÷नदिने विषयमा विवाद हुँदा लामो समयदेखि चिकित्सा शिक्षा विधेयक पारित हुन सकेको छैन । विधेयकलाई लिएर खासगरी एमाले र कांग्रेसका सांसद विभाजित छन् । त्यसले उपत्यकाबाहिर मेडिकल कलेज खोल्न तयारी अवस्था बसेकालाई प्रभावित बनाएको छ । सरकारले तयार पारेको विधेयक संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिबाट गत साउन २९ गते संसद्मा पुगेको थियो । माथेमा प्रतिवेदन र डा. केसीले दिएको सुझाव नसमेटी विधेकले कानुनको रुप पाउन लागेको भन्दै समितिकै सदस्यले विरोध जनाएका थिए ।

केसीका माग

- माथेमा प्रतिवेदन तथा आफ्ना सुझावअनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने ।
- काठमाडौं विश्वविद्यालयले एमबीबीएस तहका लागि तोकेको शुल्क खारेज गर्नुपर्ने ।
- काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ मकाजु र डीन राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्ने ।
- त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने ।
- आईओएमबाट त्रिविले खोसेका अधिकार फिर्ता गर्नुपर्ने ।
- बर्खास्त भएका आयल निगमका प्रमुखमाथि छानबिन गरी कारबाही गर्नुपर्ने ।
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन-अध्यापन सुरु गर्नुपर्ने ।
- कैलाली, दाङ, डोटी-डडेल्धुरा, धनुषा-महोत्तरी, उदयपुर, पाँचथर-तेह्रथुम लगायत ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाउनुपर्ने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.