कोरियाबासीलाई भावुक बनाए नेपाल आइडलका सुरजले

कोरियाबासीलाई भावुक बनाए नेपाल आइडलका सुरजले

सिउल : एपीवान एचडी टेलिभिजनको बहुचर्चित रियालिटी शो नेपाल आइडलमा भाग लिएर चर्चामा रहेका सुरज थापाले कोरियामा रहेका नेपालीलाई पुनः भावुक बनाएका छन् । कोरियन पर्व 'छुसक'को अवसरमा अर्घाखाँची सम्पर्क मन्चले गरेको सुपा देउराली सांगितिक सौगात भाग १ मा सुरज थापाले झलकमान गन्धर्वको 'आमाले सोध्लिन नी खोइ छोरा भन्लिन्..' गीत गाइरहँदा उपस्थित नेपाली दर्शक भावुक भएका थिए भने दर्शकको आग्रहपछि थापाले सोही गित पुनः गाएका थिए ।

 

नेपाल आइडलका 'टप टेन' भित्र रहेका गायक आउने खबरपछि राजधानी सिउलको जोङनो ओगास्थित हल दर्शकले खचाखच भरिएको थियो । सुरजको प्रस्तुतिले दर्शकहरु मन्त्रमुग्ध समेत भएका थिए । सुरजले नेपाल आइडलको गाला राउण्ड अन्तर्गत बाइसौं संस्करणमा झलकमान गन्धर्वले गाएको भावुक गीत गाउँदा आइडल हेर्ने विश्वभरका दर्शकबाट वाहवाही पाएका थिए भने उनले सो इपिसोडमा 'यामाहा सलुटो पर्फमर अफ द डे' अवार्ड समेत हात पारेका थिए।

सांगितिक सौगातमा नेपाल आइडलका गायक सागर आले, चर्चित लोक गायक रामजी खाँड, सम्झना लामिछाने मगर, हाँस्य कलाकार दिनेश काफ्ले र डान्सर रश्मी तामाङले आफ्ना प्रस्तुति पस्केका थिए।

यसैगरी छुसकको लामो विदामा नेपथ्य कन्सर्ट, रबिन एण्ड द न्यू रिभ्युलुसन र मन्त्र ब्याण्डले पनि लाइभ कन्सर्ट मार्फत यहाँका नेपालीलाई मनोरञ्जन दिएका थिए । नेपालीको दसैं जस्तै यहाँको छुसक पनि कोरियनले हर्षोल्लासका साथ मनाउने गर्छन् भने यसपाली त विभिन्न विदा जोडेर सरकारले १० दिने विदा दिएको थियो । जसका कारण छुसकको हरेक दिन नेपाली संघसंस्थाको छुट्टाछुट्टै सांगितिक कार्यक्रमको आयोजना गरेका थिए । सांगितिक मनोरञ्जनमा भाग लिन राजधानी सिउलदेखि टाढा टाढाबाट आएका थिए । छुसकमा नेपालीले साथीभाई भेटघाट र राजधानी सिउल घुम्ने अवसरको रुपमा लिने गरेका छन् । अन्य दिनको कम्पनीमा लगातारको काम, थकानलाई विर्साउदै वर्षको एक पटक भएपनि टाढा रहेका साथीभाई एकै ठाउँ जमघट हुने अवसर कोरियन चाडले मिलाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.