एमाले-माओवादीद्वारा अलग अलग उम्मेदवार सिफारिस

एमाले-माओवादीद्वारा अलग अलग उम्मेदवार सिफारिस

गोरखा: मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले, माओवादी केन्द्र र नयाँशक्ति नेपालले चुनावी तालमेलको घोषणा गरेपनि गोरखामा तीनै पार्टीले अलग अलग उम्मेदवार घोषणा गरेका छन्। माओवादी केन्द्रले दशैंअघि नै उम्मेदवार सिफारिस गरेको छ। एमालेले तालमेलको निर्णय भइसकेपछि बिहीबार बैठक बसी पार्टीको तर्फबाट सबै क्षेत्रमा अलग्गै उम्मेदवार सिफारिस गरेको छ।

पार्टी सचिव कृष्ण नेपालीका अनुसार प्रतिनिधिसभाका लागि क्षेत्र नं. १ बाट एकमात्र उम्मेदवार यादवबहादुर बस्नेतको नाम सिफारिस गरेको छ। सो क्षेत्रका लागि माओवादीको तर्फबाट हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जराको नाम सिफारिस भएको छ। 

क्षेत्र नं. २ बाट एमालेले प्रतिनिधिसभाका लागि विकलकुमार श्रेष्ठ, बुद्धी दवाडी र मैती सुनारको नाम सिफारिस गरेको छ। माओवादी केन्द्रले पनि पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चुडामणि खड्काको नाम सिफारिस गरेको छ।

त्यस्तै क्षेत्र नं. १ को प्रदेशसभा नं. १ का लागि एमालेले रामशरण बस्नेत र सुरेन्द्र थापाको नाम सिफारिस गरेको छ। माओवादीले सोही क्षेत्रका लागि लेखबहादुर थापा, माया चेपाङ र जानुका पौडेलको नाम सिफारिस गरेको छ। प्रदेशसभा नं. २ का लागि एमालेले कृष्ण नेपाली र टेकराज भट्टको नाम सिफारिस गरेको छ । माओवादीले पनि सोही क्षेत्रका लागि ऋषि खनाल, स्थिरप्रसाद खनाल र निमा लामाको नाम सिफारिस गरेको छ।

प्रदेश सभाका लागि क्षेत्र नं. २ को १ बाट एमालेले हरि काफ्ले र प्रकाश न्यौपानेको नाम सिफारिस गरेको छ भने माओवादी केन्द्रले कमला नहर्की, विवश चिन्तन र बन्दना पाण्डेको नाम सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नं. २ को २ बाट प्रदेशसभाका लागि एमालेले देवराज श्रेष्ठ र विश्वज्योति बानियाँको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले अमर तमु, दीपक देवकोटा र भगवती तिवारीको नाम सिफारिस गरेको छ।

नेपाली काङ्ग्रेसले पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि क्षेत्र नं. १ बाट हरि घले, चिनकाजी श्रेष्ठ, राजेन्द्र बजगाईँ, भूगोल थापा, किरणबाबु श्रेष्ठ, देवेन्द्र वाग्ले, बुद्धिप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ। क्षेत्र नं. २ बाट सुरेन्द्र पाण्डे, कमला पन्त, अब्दुल सतार, चेतमान श्रेष्ठ र राजनदेव भट्टको नाम सिफारिस गरिएको पार्टी सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए।

त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नं. १ को १ बाट धिरन थापा, तुलाराम दाहाल, रेशम गुरुङ, विश्वदेव श्रेष्ठ, जनार्दन अर्याल, परशुराम पन्त, भीमप्रसाद अर्याल, ठाकुर पन्त, भगवान मास्के, ध्रुव खनाल, जानुका पन्त, कमल अम्गाईँ, २ बाट नन्दप्रसाद न्यौपाने, ठाकुर पुडासैनी, डिल्लीराम तिमिल्सिना, युवराज बस्ताकोटी, भरत भट्ट, फणिन्द्र भट्ट, धर्मेन्द्रकाजी श्रेष्ठ, रामकृष्ण लामिछाने, सितलकाजी श्रेष्ठ, कृष्णप्रसाद भट्ट, प्रेम खत्रीको नाम सिफारिस भएको छ।

प्रदेशसभाको क्षेत्र नं. २ को १ बाट रविकला खनाल, बलराम खड्का, इमानसिँह बस्नेत, अम्बिका न्यौपाने, पदमप्रसाद भट्टराई, कृष्ण पोखरेल, इश्वर परियार, चन्द्रप्रकास मरहट्टा, इन्द्रमान गुरुङ, चेतनारायण श्रेष्ठ र गेहेन्द्रराज विष्ट, २ बाट प्रकासचन्द्र दवाडी, गोविन्द गुरुङ, मनकुमारी गुरुङ, सुकदेव दवाडी, ओम गुरुङ, मोहनप्रकाश पोखेरेल र सीपी पोखरेलको नाम सिफारिस गरिएको पार्टी कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.