वाम गठवन्धनको तीन बुँदे प्रतिवद्धता
त्रिशूली: केन्द्रमा वाम एकता अभियान सुरु भएसंगै जिल्लामा पनि यसको प्रभाव देखिन थालेको छ। रसुवामा रहेका सबै वाम दलहरुले एकतावद्ध भएर अभियानलाई सफल बनाउने प्रतिवद्धतासमेत जनाएका छन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिका नेता कार्यकर्ताहरुले तीन बुँदे प्रतिवद्धता पत्र नै सार्वजनिक गरेका छन्।
रसुवाको कालिकास्थानमा भेला गरी उनीहरुले केन्द्रीय नीतिको कार्यान्वयनको सुरुवात गरिएको उद्घोष गरे। आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा एकजुट भई गठबन्धनका जुनसुकै उमेदवार उठेपनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।