संघीय समाजवादी र राजपाबीच चुनावी तालमेल

संघीय समाजवादी र राजपाबीच चुनावी तालमेल

काठमाडौंः संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)बीच निर्वाचनमा मिलेर जाने सहमति भएको छ। दुई पार्टीका शीर्ष नेताहरुले आसन्न प्रदेश र प्रतिनिधि सभामा दुबै पार्टीले संयुक्त उम्मेदवार दिने निर्णय गरेका हुन्।

 

संघीय समाजवादी फोरम र राजपाले संयुक्त विज्ञप्तिमार्फत मिलेर चुनावमा जाने जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘दुई दलबीच एकाआपसमा सहकार्य गर्दै साझा उम्मेदवारका रुपमा चुनावमा भाग लिनेछौं।'

साथै कुनै गठबन्धनमा सहभागि हुने भए संयुक्त रुपमा नै सहभागि हुने वा सहकार्य गर्ने विज्ञप्तिमा उल्लेख छ। उपेन्द्र यादव र महन्थ ठाकुरले बिज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

नेपाली कांग्रेसको नेतृत्वमा बृहत लोकतान्त्रिक गठबन्धन बनाउने पहल भइरहेका बेला संघीय समाजवादी फोरम र राजपाबीच भएको चुनावी तालमेलले गठबन्धन संकटमा पर्न सक्ने विश्लेषणसमेत गर्न थालिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.