भारतका लागि नेपाली राजदूत उपाध्यायले राजीनामा बुझाए

भारतका लागि नेपाली राजदूत उपाध्यायले राजीनामा बुझाए

काठमाडौं : भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजीनामा पत्र सरकार समक्ष बुझाएका छन् । शुक्रबार दिउँसो परराष्ट्रमन्त्री कृष्णबहादुर महरा मार्फत् राजदूत उपाध्यायले राजीनामापत्र बुझाएका हुन् ।

‘परराष्ट्रमन्त्री मार्फत् मैले प्रधानमन्त्री समक्ष राजीनामापत्र पेश गरेको छु’, राजदूत उपाध्यायले अन्नपूर्णसँग भने ।

उपाध्यायले दुई पटक गरी भारतका लागि नेपाली राजदूत भएर काम गरिसेका छन् । उपाध्याय प्रतिनिधि सभाको चुनावमा कपिलवस्तुबाट चुनाव लड्ने तयारीमा छन् ।

पहिलो पटक सुशील कोइराला नेतृत्वको सरकारले उपाध्यायलाई भारतको राजदूत बनाएको थियो भने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूतले सरकारलाई असहयोग गरेको भन्दै फिर्ता बोलाएको थियो । ओली लगत्तै प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भने पुन उपाध्यायलाई नै राजदूत नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.