आईजीपी बन्न सकिन, राजनीति गरेर समाज सुधार गर्छु : सिलवाल

आईजीपी बन्न सकिन, राजनीति गरेर समाज सुधार गर्छु : सिलवाल

काठमाडौं : पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले एमाले प्रवेश गरेसँगै प्रहरीमा अन्यय भोग्नु परेको भन्दै अब राजनीतिको माध्यमबाट समाज सुधारमा लाग्ने बताएका छन्। आफू प्रहरी महानिरीक्षक हुन नसकी अन्याय भोग्नुपरेकाले अब राजनीतिको माध्यमबाट समाज सुधारमा लाग्ने दाबी सिलवालको छ।

 

शुक्रबार बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा एमाले प्रवेश गरेपछि पूर्व डीआईजी सिलवालले जब कार्यक्रमलाई सम्बोधन सुरु गरे तब एमाले नेता र कार्यकर्ताको ताली लगातार पाइरहे। सिलवाल एमाले पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीकै गाडीमा कार्यक्रमस्थल पुगेका थिए।

लेनिनको भनाइबाट कार्यक्रममा सम्बोधन सुरु गरेका सिलवालको सम्बोधनमा एमाले कार्यकर्ताले तालीले निरन्तर साथ दिएका थिए। सिलवालले आजसम्म राज्यको बफादार सिपाही भएको र अब एमालेको इमान्दार सिपाही हुने दाबी गरे। ‘म हिजोसम्म राज्यको सिपाही थिएँ, अब एमालेको इमान्दार सिपाही भएँ’, कार्यक्रममा सिलवालले भने, ‘यो देशको सेवा गर्ने उत्साह अझ बढेको छ, राजनीतिको माध्यमबाट समाज परिवर्तन गर्ने प्रण गर्दछु।’

सिलवालमाथि प्रहरी संगठनमा नियतबस अन्याय भएको भन्दै एमाले अध्यक्ष ओलीले उनलाई राम्रो जिम्मेवारी दिएर सम्मान गर्ने दाबी गरेका छन्। ओलीले जिम्मेवारीको प्रकृतिबारे भने केही खुलाएनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.