नेपाली काँग्रेस कञ्चनपुरद्वारा २ सय ८ जना उमेदवारको नाम सिफारिस

 नेपाली काँग्रेस कञ्चनपुरद्वारा २ सय ८ जना उमेदवारको नाम सिफारिस

महेन्द्रनगर: नेपाली काँग्रेस कञ्चनपुरले प्रदेश र प्रतिनिधी सभाका लागि आकाक्षी रहेका २ सय ८ जना उमेदवारको नामावली केन्द्रमा पठाएको छ।जिल्ला कमिटिको बैठकपछि शुक्रबार नेपाली काँग्रेस कञ्चनपुरले उमेदवारको नामावली केन्द्रमा पठाएको हो। विभिन्न क्षेत्रका निर्वाचन समितिबाट सिफारिस भएर आएका सबै नामलाई जस्ताको त्यस्तै जिल्ला कमिटिले समेत केन्द्रमा पठाएको काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रसाद बोहराले जानकारी दिए।

 

'हामीले क्षेत्रीय समितिबाट सिफारिस भएर आएका सबै नामलाई केन्द्रमा पठाई दिएका छौं' सभापति बोहराले भने,‘ केन्द्रले नै उमेदवारको अन्तिम टुंगो लगाउने छ।'

प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागि समेत आकाक्षीं धेरै भएकाले समेत जिल्लामा मिलाउन कठिन हुने भएकाले सबै नामहरु केन्द्रमा पठाईएको नेपाली काँग्रेस कञ्चनपुरले जनाएको छ।

नेपाली काँग्रेस कञ्चनपुरले पठाएको नामावलीमा धेरै जसो युवाहरुको नाम बढि रहेको छ । प्रतिनिधी सभाका लागि यसअघि नेताद्वय रमेश लेखक र एनपी साँवदको नाम सर्वसम्मत हुने बताइएपनि सबैको नाम पठाईएको छ।

पूर्वमन्त्री एंव हाल साँसद रहेका रमेश लेखकको नाम प्रतिनिधी सभाका लागि निर्वाचन क्षेत्र नम्बर ३ बाट पठाईएको छ। ३ बाट हाल साँसद रहेका बहादुरसिंह थापा र प्रेम विष्टको नाम समेत सिफारिस गरिएको छ।
समानुपातिक तर्फ तारणीदत्त चटौत सहित ४ जनाको नाम पठाईएको छ।

पूर्वमन्त्री एंव हाल साँसद रहेका एनपी साँवदको नाम निर्वाचन क्षेत्र नम्बर २ बाट पठाईएको छ। उनीसँगै कञ्चनपुरका पार्टी सभापति हरिप्रसाद बोहरा, साँसद बहादुर सिंह थापा र भवानीदत्त भट्टको नाम समेत सिफारिस भएको छ। समानुपातिक तर्फ साँसद बहादुर सिंह थापा सहित ६ जनाको नाम सिफारिस गरिएको छ।

निर्वाचन क्षेत्र नम्बर १ बाट साँसद दिवानसिंह विष्ट, गोपाल गुरुङ्ग, चन्द्र बहादुर सिंह र लभबहादुर शाहीको नाम प्रत्यक्ष तर्फका लागि सिफारिस गरिएको छ। समानुपातिक तर्फ शेरबहादुर विक सहितका ९ जनाको नाम पठाईएको छ।

प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ हरेन्द्र विष्ट, गोपि उपाध्याय, रामलाल राना सहित १७ जना र समानुपातिक तर्फ लालबहादुर रावत, प्यारेलाल राना सहित १५ जनाको नाम पठाईएको छ । २ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ भरत विष्ट, विन्दु श्रेष्ठ सहितका ८ जना र समानुपातिक तर्फ ठाकुर प्रसाद बराल, तोयप्रसाद शर्मा सहितका १० जनाको नाम सिफारिस गरिएको छ।

३ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ मिनबहादुर सिंह, सिद्धराज भट्ट सहित १५ जना र समानुपातिकतर्फ कल्पना पन्त, धर्मा विष्ट सहित १३ जनाको नाम सिफारिस गरिएको छ । ४ नम्बर निर्वाचन क्षेत्रबाट साँसद बहादुर सिंह थापा, हरि प्रसाद बोहरा, भोजराज बोहरा सहित ९जनाको नाम प्रदेश सभाको प्रत्यक्षका लागि र समानुपातिकका लागि भैरवसिंह ऐर, मधु बोहरा सहितका २७ जनाको नाम सिफारिस गरिएको छ।

५ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ यज्ञराज जोशी, बहादुर सिंह थापा, पदम बोगटी सहित १३ जना र समानुपातिक तर्फ मधु भारती, सुरेन्द्र बहादुर विष्ट, गौराज बहादुर लिम्बु सहितका २३ जनाको नाम सिफारिस गरिएको छ। निर्वाचन क्षेत्र नम्बर ६ का लागि गोपाल दत्त भट्ट, बेलबहादुर राना, तारादत्त अवस्थी सहितका १० जना र समानुपातिकका लागि कल्पना केसी, शारदा चन्द सहितका १८ जनाको नाम सिफारिस गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.