नयाँ शक्तिको सिंगो नगर समिति माओवादी केन्द्रमा प्रवेश

नयाँ शक्तिको सिंगो नगर समिति माओवादी केन्द्रमा प्रवेश

भक्तपुर : बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका भक्तपुरका चार उम्मेदवारसहित चाँगुनारायण नगरपालिका सिंगो समितिमा माओवादी केन्द्रमा समाहित भएको छ ।

नयाँ शक्तिकी केन्द्रीय परिषद् सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र १ प्रदेश क का प्रत्यक्ष उम्मेदवार चण्डिका लामिछानेसहित पार्टीको चाँगु नगर संगठन कमिटी सिंगै माओवादी केन्द्रमा ध्रुवीकृत भएको हो ।

 

केन्द्रीय परिषद् सदस्य लामिछाने, चाँगु नगर संगठन कमिटीका संयोजक कान्छा तामा मुखिया, जिल्ला सदस्यद्वय शिवराज केसी, ध्रुवराज कार्की र युवा संगठनको केन्द्रीय परिषद् सदस्य सन्तोष अवालले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै देवेन्द्र पौडेल संयोजकत्वको बृहत ध्रुवीकरणमा समावेश भएको घोषणा गरेका हुन् ।

उनीहरुसँगै नयाँ शक्तिका ३५ भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताहरुले नयाँ शक्तिबाट सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् । ‘नयाँ शक्ति पार्टीबाट सामूहिक राजीनामा दिएर देवेन्द्र पौडेल संयोजकत्वमा बृहत ध्रुवीकृत भएका छौं’, नगर संयोजक तामाङले भने, ‘उक्त ध्रुवीकरणसँगै हामी माओवादी केन्द्रमा प्रवेश गरेका छौं ।’

संयोजक तामाङ नयाँ शक्ति भक्तपुरबाट मंसिर महिनामा हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् । त्यस्तै जिल्ला सदस्यद्वय केसी र कार्की भने प्रदेशसभाको लागि समानुपातिक उम्मेदवारीमा सिफारिस भएको संयोजक तामाङले जानकारी दिए ।

उनले वैकल्पिक शक्तिको रुपमा स्थापित हुने आसमा बसेका नेता कार्यकर्ताहरुको मनोभावना नबुझेर अचानक वामपन्थी एकताको निर्णयले आफूहरु स्तब्ध भएको बताए । नयाँ शक्ति नेतृत्वले धोखा दिएकै कारण आफूहरु देवेन्द्र पौडेल संयोजकत्वमा बृहत ध्रुवीकरण हुने निष्कर्षमा पुगेको उनले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.