पर्सा कांग्रेसले गर्यो ८७ जनाको नाम सिफारिस
वीरगन्ज: आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लागि पर्साबाट नेपाली कांग्रेसले ८७ जना उम्मेदवारहरुको नाम केन्द्रिय कार्य समितिमा सिफारिस गरेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले पर्साको क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ चुनाव लड्न चाहने ११ जनाको नाम सिफारिस गरेको हो।
कांग्रेसले पर्साको क्षेत्र नम्बर १ बाट सांसद अनिल कुमार रुंगटा , पूर्व सभासद ओमप्रकाश शर्मा , राजकृष्ण अमात्य, इश्वर भक्त श्रेष्ठ, विजय सर्राफ , विश्वनाथ शर्मा , प्रकाश उपाध्याय, कृष्ण मु्रारी रौनीयार , राधेश्याम चौरसीया , सन्जय कुमार केडिया र डाक्टर भगवान प्रसाद यादव गरि ११ जनाको नाम सिफारिस गरेको कांग्रेस पर्साका जिल्ला सचिव श्याम पटेलले जानकारी दिए।
यस्तै क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ नै पूर्व सभासद एव केन्द्रीय सदस्य अजय चौरसीया र सांसद राजेन्द्र बहादुर अमात्यको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ सांसद सुरेन्द्र चौधरी र शम्भु चौहान तथा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य रमेश रिजाल र जिल्ला सचिव किशोरी साह कानुको नाम केन्द्रिय कार्य समितिमा सिफारिस भएको जिल्ला सचिव पटेलले जानकारी दिए।
प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातीक तर्फ पर्साको क्षेत्र नम्बर १ बाट महम्मद सरीफ , आदित्य प्रकाश प्रधान , डाक्टर रामदेव सिंह , नारायण जी रौनीयार , डाक्टर सुस्मा तिवारी र किरण सरकार तथा क्षेत्र नम्बर २ बाट समानुपातीक तर्फ रिता देवी गुप्ता, कन्हैयालाल केशरी , राकेश कुमार सिंह , बृष मोहन दास थारु , गम्भिरा साह , आशादेवी थरुनी र शंकर ओझाको नाम कांग्रेस जिल्ला कार्य समिति पर्साले सिफारिस गरेको छ।
यसैगरी सामानुपातिक तर्फ नै क्षेत्र नम्बर ३ बाट पुर्वसभासद रामेश्वर रौनीयार , बाबुलाल मेहता , लक्ष्मीदेवी रौनीयार र सरस्वती देवी हरिजन तथा क्षेत्र नम्बर ४ बाट समानुपातीक तर्फ वशिष्ठनारायण कुर्मी , रामदेव प्रसाद चौहान र गोमा कुमारी उपाध्यायको नाम सिफारिस गरिएको कांग्रेस जिल्ला सचिव किशोरी साह कानुले जानकारी दिए।
प्रदेश सभा निर्वाचनका लागि पर्साको क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट प्रत्यक्ष तर्फ चुनाव लड्न चाहने रामबाबु प्रसाद पटेल , राम नारायण कुर्मी , वीरेन्द्र पटेल, जोखना दास थारु , योगेन्द्र महत्तो कोइरी र शीवबालक प्रसाद यादव तथा क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट प्रत्यक्ष तर्फ चुनाव लड्न चाहने विजय सर्राफ , अरविन्द कुमार गुप्ता र विजय कुमार सिंहको नाम कांग्रेसले सिफारिस गरेको छ।
क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट प्रत्यक्ष तर्फ विजय कुमार कर्ण , वीरेन्द्रराज कँडेल , राजेश्वर प्रसाद तेली, फुलमहम्मद मिया र साबीत्री पोखरेल तथा क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट प्रत्यक्ष तर्फ श्याम पटेल , दिना प्रसाद गुप्ता , रामरुप कुर्मी , श्याम पोखरेल , राजनाथ ठाकुर , प्रेमचन्द दुबे , महम्मद सतार मन्सुरी , प्रमानन्द साह कानु र बैकुण्ठ श्रवस्तवको नाम सिफारिस गरिएको कांग्रेस जिल्ला सचिव कानुले जानकारी दिए ।
यसैगरि पर्साको क्षेत्र नम्बर ३ को प्रदेशसभा १ बाट प्रत्यक्ष तर्फ असर्फी साह , मनोज यादव , भगवती चौधरी , शैलेन्द्र यादव , ज्ञानेन्द्र मिश्रा र चन्द्रकिशोर प्रसाद र क्षेत्र नम्बर ३ को प्रदेशसभा २ बाट प्रत्यक्ष तर्फ रामनरेश यादव, दिनानाथ प्रसाद, श्रीकृष्ण प्रसाद चौहान , श्याम पटेल , अशोक कुमा गुप्ता र मृतुन्जय श्रीवास्तवको नाम सिफारिस गरिएको छ।
यस्तै क्षेत्रनम्बर ४ को प्रदेशसभा १ बाट प्रत्यक्ष तर्फ बृहस्पतिकृष्ण श्रेष्ठ , सहरुम राउत गद्धी , शंकर चौधरी , विश्वराज घिमीरे र श्रीकान्त यादव तथा क्षेत्र नम्बर ४ को २ बाट प्रत्यक्ष तर्फ राजेन्द्र प्रसद कुर्मी , विरेन्द्र कुमार महत्तो केवट , बशिष्ठ नारायण प्रसाद कुर्मी , वीरेन्द्र प्रसाद यादव , श्याम किशोर प्रसाद पटेल , पर्वत ठाकुर , छठु साह तेली , नविन कुमार सिंह , ललीता देवी साह र रम्भा देवीको नाम कांग्रेस केन्द्रिय कार्य समितिमा शुक्रबार सिफारिस गरिएको जिल्ला सचिव कानुले जानकारी दिए।
कांग्रेस केन्द्रिय कार्य समितिले स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरु आसन्न प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनमा उम्मेदवार बन्न नपाइने निर्णय गरेको भएपनि पर्साबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार भइ पराजित भएकाहरुको नाम पनि सिफारिस गरेको छ।
स्थानीय तह निर्वाचनमा पोखरीया नगरपालिकाको प्रमुखमा उम्मेदवार भइ पराजित भएका पुर्वसभासद रामेश्वर रौनीयारको नाम क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभाको सामानुपातिक तर्फ र जगरनाथपुर गाँउपालिकाको प्रमुखमा उम्मेदवार भइ पराजित भएका श्रीकान्त यादवको नाम क्षेत्र नम्बर ४ को प्रदेशसभा १ बाट प्रत्यक्ष तर्फ सिफारिस गरिएको हो।