प्रदेश ७ मा माले र माओवादी केन्द्रबीच एकीकरण

प्रदेश ७ मा माले र माओवादी केन्द्रबीच एकीकरण

महेन्द्रनगर : एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालसहितका कम्युनिष्ट पार्टीबीच एकीकरणको प्रक्रिया अघि बढिरहेका बेला प्रदेश ७ मा नेकपा माले र नेकपा माओवादी केन्द्रबीच एकीकरणको सहमति भएको छ।

नेकपा माओवादी केन्द्रीय आयोजक समिति तथा ७ नम्बर प्रदेशका प्रचार प्रसार विभाग प्रमुख ओमविक्रम भाट र माले केन्द्रीय सदस्य एवम् सांसद कलशा महराबीच पार्टी एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ।

माओवादी केन्द्रका ७ नम्बर प्रदेश प्रचार विभाग प्रमुख ओमविक्रम भाटले माले र माओवादी केन्द्रबीच सहमति पत्रमा प्रदेशमा हस्ताक्षर भइसकेको र शनिबार काठमाडौंमा पार्टी अध्यक्षले औपचारिक रुपमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको बताए। ‘हामीले यहाँ सहमति ग¥र्यौं’, टेलिफोनमा उनले भने, ‘अहिले शनिबार अध्यक्षको हातबाटै टीका लगाएर प्रवेश गर्नका लागि केही नेता कार्यकर्ता काठमाडौं गए’

उनले जिल्ला स्तरमा अब निर्वाचन अगावै अरु कार्यकर्ता समेत पार्टी प्रवेश गर्ने जानकारी दिए। नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण प्रक्रिया अघि बढिरहेका बेला नेकपा माले र माओवादी केन्द्रबीच ७ नम्बर प्रदेशमा एकीकरण हुनुले वामपन्थी पार्टीबीचको एकीकरणमा नयाँ आयाम हुने माओवादी केन्द्रले जनाएको छ।

आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन स्वतन्त्र, धाँदलीरहित निष्पक्ष तरिकाले सम्पन्न गराउन समेत नेतृत्वदायी भूमिका निर्वाह हुने अपेक्षा लिइएको माओवादी केन्द्रका ७ नम्बर प्रदेशका प्रचार विभाग प्रमुख ओमविक्रम भाटले बताए। ७ नम्बर प्रदेशका अन्य साना घटक पार्टीलाई समेत माओवादी केन्द्रले धुबीकरणको यात्रामा सहभागी हुन अपिल गरेको छ। माले कञ्चनपुर पार्टी सचिव शंकर वोगटीसहितका अन्य नेता कार्यकर्ता भने केही महिना अघि नेकपा एमालेमा प्रवेश गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.