मन्त्रीद्वारा खानेपानी निरीक्षण, ट्ंयाकी कार्यालय भवन बनाइदिने आश्‍वासन

मन्त्रीद्वारा खानेपानी निरीक्षण, ट्ंयाकी कार्यालय भवन बनाइदिने आश्‍वासन

सर्लाही: खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले सर्लाहीको बागमतीस्थित कर्मैया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निरीक्षण गरेका छन्।

त्यस क्रममा मन्त्री यादवले बागमती क्षेत्रको खानेपनीको अवस्था र खानेपानी स्वच्छताको बारेमा समितिका अध्यक्ष डोलराज पाण्डेसँग जानकारी लिएका थिए।

अध्यक्ष पाण्डेले २ लाख २५ लिटर क्षमताको ट्ंयाकी निर्माण र समितिको कार्यालय भवन निमार्णका लागि सहयोग गर्न अनुरोध गरेका थिए। पाण्डेको अनुरोधलाई मन्त्री यादवले सकारात्मक रुपमा लिएको र मन्त्रालयमा निवेदन दिन अनुरोध गरेका छन्।

२०७२ सालमा गएको भूकम्पका कारण समितिको भवन जीर्ण भएपछि आधुनिक भवन निमार्णका लागि अध्यक्ष पाण्डेले अनुरोध गरेका हुन्।

कर्मैया खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सो क्षेत्रका १६सय घरधुरीलाई खानेपानी वितरण गर्दै आएको छ। समितिले प्रत्येक घरमा २४ सै घन्टा पानी उपलब्ध गराउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.