निर्वाचनलाई प्रभावित पार्ने गतिविधि नगर्न आग्रह

निर्वाचनलाई प्रभावित पार्ने गतिविधि नगर्न आग्रह

काठमाडौँ: निर्वाचन आयोगको आज बसेको बैठकले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित वा असर गर्नेगरी कुनै पनि गतिविधि, क्रियाकलाप सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, राजनीतिक दल र सरोकार भएका सबैमा आग्रह गरेको छ।

 

आयोगले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति, समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचन प्रक्रियाको थालनी, मतपत्र छपाइलगायतका अत्यावश्यक कार्य प्रक्रिया चरणबद्धरूपमा अगाडि बढिरहेको जनाएको छ।

त्यसैगरी, मतदाता शिक्षा, कर्मचारीको छनोट, निर्देशिका, कार्यविधिको तर्जुमा लगायतका तमाम कार्य सँगसँगै अगाडि बढिरहेको आयोगका प्रवक्ता नवराज ढकालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा पूर्णरूपमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित, स्वतन्त्र, विश्वसनीय र धाँधलीरहित ढंगले सम्पन्न गर्न अहोरात्र आयोग खटिरहेको जनाउँदै निर्वाचन कार्यमा सघाउ पुर्‍याउन संबद्ध सबै सरोकार भएका, आम सर्वसाधारण र सञ्चार माध्यमसँग सहयोगका लागि आग्रह पनि गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.