सिरहा क्षेत्र नम्बर १ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस

सिरहा क्षेत्र नम्बर १ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस

सिरहा : सिरहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ । शुक्रवार साँझ बसेको क्षेत्रीय कमितिको बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस भएको क्षेत्रीय अध्यक्ष रामदयाल यादबले जानकारी दिए।

 

प्रतिनिधिसभाको लागि चार निर्वाचन क्षेत्र कायम भएको सिरहाका अन्य तीन क्षेत्रमा भने उम्मेवारको सिफारिस हुन सकेको छैन । एमाले जिल्ला अध्यक्ष प्रमोद यादबले प्रतिनिधिसभाको तीन क्षेत्रबाट उम्मेदवारको नाम टुंगो लगाउन अझै छलफल जारी रहेको बताए । उनले भने,‘आजसम्ममा सबै क्षेत्रबाट उम्मेवारको नाम सिफारिस भएर जिल्लामा आउँछ । त्यसपछि जिल्लाले केन्द्रमा पठाउँछ ।'

सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा मधेस आन्दोलनको उद्गम स्थल लहान पनि पर्छ । पहिलो मधेस आन्दोलनपछि लहानसहितका ठाउँ पर्ने सिरहा क्षेत्र नम्बर १ बाट तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट लक्ष्मण मेहता पहिलो संविधानसभाको निर्वाचनमा निर्वाचित भएका थिए । दोस्रो संविधानसभा चुनावमा भने काँग्रेसबाट पद्मनारायण चौधरी निर्वाचित भए । अहिले स्थानीय तहको निर्वाचन हुँदा लहानको मेयरमा एमालेका मुनी साह निर्वाचित भएका छन् ।

नयाँ संरचना अनुसार कायम भएको सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा लहान नपा, सखुवा ननकारकट्टी गापा, भगवानपुर गापा, नवराजपुर गापा, धनगढी नपाका केही वडा, लक्ष्मीपुर पतारी गापाको केही वडा पर्छ । यी ठाउँमध्ये एमाले लहान नगर र सखुवाननकारकट्टी गाउँपालिका कब्जा गरेको छ ।

भगवानपुर, नवराजपुर, धनगढी र लक्ष्मीपुर पतारीमा पनि यो निर्वाचनमा एमालेले बलियो नै देखियो । सिरहा क्षेत्र नम्बर १ मा एमाले बलियो देखिएकोले अध्यक्ष ओलीको जित सुनिश्चित भइसकेको स्थानीय नेताहरुले दावी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.