फोरम नेपाल-राजपा रणनीति : प्रदेश २ मा ५० प्रतिशत दाबी

फोरम नेपाल-राजपा रणनीति : प्रदेश २ मा ५० प्रतिशत  दाबी

काठमाडौं : प्रदेश २ को स्थानीय तहमा सम्मानजनक सिट जितेका मधेसका दुई पार्टी संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसकै हाराहारीमा सिट माग गर्ने रणनीति बनाएका छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष महन्थ ठाकुरबीच शुक्रबार यस्तो रणनीतिमा सहमति भएको हो ।

 

दुई नेताबीच शुक्रबार भएको छलफलले आसन्न केन्द्रीय संसद् र प्रदेशसभा निर्वाचनमा समझदारीमा साझा उम्मेदवार चयन गर्ने तथा अन्य राजनीतिक दलसँग तालमेल गर्नुपर्दा दुवै पार्टीको एकमत बनाई बागर्नेनिङ गर्ने रणनीति बनाएको छ । दुई नेताबीच शुक्रबार भएको लामो छलफलपछि राजपा अध्यक्ष ठाकुर तथा फोरम अध्यक्ष यादवले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा बहिष्करण तथा वञ्चितीकरणमा पारिएका समुदायको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक तथा भाषिक अधिकारसहित समानता र राज्यको हरेक क्षेत्र, तह र अंगमा समानुपातिक, समावेशीकरण र साझेदारी तथा सामाजिक न्याय प्राप्तिका लागि यी समुदायमाथि शताब्दियौंदेखि कायम रहेका सबैखाले असमानता, विभेद, भेदभाव, एवं उपेक्षा, शोषण र उत्पीडिनलाई अन्त्य गर्न आफूहरूबीचको सहमति अपरिहार्य रहेको' उल्लेख छ ।

मधेस स्वायत्त प्रदेश तथा आत्मनिर्णयको अधिकारका लागि लड्दै आएका यादव र ठाकुरबीचको सहमतिले प्रदेश २ मा स्थानीय तह निर्वाचनमा उनीहरूको उपस्थितिअनुसार सिटमा भागबन्डा लगाउन लोकतान्त्रिक गठबन्धन बाध्य हुनुपर्ने देखिएको मधेसी नेताको विश्लेषण छ । रूपान्तरित संसद्मा फोरम नेपालको २ निर्वाचित र १३ समानुपातिकसहित १५ सदस्य, राजपाका ५ निर्वाचित र २० समानुपातिक गरी २५ जना सांसद छन् ।

 
संविधानसभामा फोरम नेपाल २ निर्वाचित र १३ समानुपातिक गरी १५
राजपा ५ निर्वाचित र समानुपातिक २० गरी २५ सदस्य

स्थानीय तहको तेस्रो चरण निर्वाचनमा फोरम नेपाल वीरगन्ज महानगरपालिकासहित २६, राजपा जनकपुर उपमहानगरपालिकासहित २५ र कांग्रेसले ४० स्थान जितेका थिए । स्थानीय तहमा प्राप्त गरेको दुई पार्टीको कुल संख्या ५१ पुग्छ । सत्ता नेतृत्वको कांग्रेस ४० सिटमा सीमित छ । स्थानीय तहको ताजा जनादेशअनुसार प्रदेश २ मा कांग्रेसभन्दा फोरम नेपाल र राजपाको गठजोड ११ तहमा बढी हुन आउँछ । ताजा जनादेशअनुसार नै आसन्न संसद् र प्रदेश सभामा स्थान पाउनुपर्ने रणनीति दुई पार्टीले बनाएका हुन् ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको वाम चुनावी तालमेलबाट तर्सेको कांग्रेसका लागि राजपा तथा फोरम नेपालसहितको लोकतान्त्रिक गठबन्धन निर्माण प्रक्रियाले केही हदसम्म मलमपट्टी लगाए पनि शुक्रबार यादव र ठाकुरबीचको सहमतिले ठूलै संकट पार्ने अनुमान लगाउन थालिएको छ ।
यादव र ठाकुरबीचको सहमतिको रणनीति दुई पार्टीले प्रदेश २ मा केन्द्रीय संसद्को ३२ सिट तथा प्रदेश सभाको ६४ सिटमध्येबाट ५० प्रतिशत माग गर्ने रहेको स्रोतको दाबी छ ।

प्रदेश नं. १, ५, ६ र ७ का १८ जिल्लामा राम्रो प्रभाव रहेका यी दुई दलको गठबन्धनले लोकतान्त्रिक गठबन्धन त्यसमा पनि कांग्रेससँग राजनीतिक स्तरको लेनदेन गर्ने वातावरण बनाएको छ ।

प्रदेश २ मा फोरम-राजपा सरकार

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले प्रदेश २ मा फोरम नेपाल र राजपा गठबन्धनलाई प्रदेश सरकार स्विकार्ने गरी सहमति गरे आफूहरूले कांग्रेसको पक्षमा हिमाल, पहाड र अन्य केही क्षेत्रमा समेत खुलेर सहयोग गर्न सक्ने फोरम नेपाल संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले बताए ।
उनले अन्नपूर्णसँग भने, ‘प्रदेश २ मा कांग्रेसले देखाउने उदारता, लचकता र सहयोगीपूर्ण भावनाले यो मुलुकको भविष्य निर्धारण हुन्छ । हामी अन्य प्रदेशमा कांग्रेसको सरकार बनाउन खुलेर सहयोग गर्छौं ।'

कांग्रेससँग आफूहरूले मधेसी १० शीर्ष नेता जिताउने प्रतिबद्धतासमेत माग गरेको उनले जानकारी दिए । राजपाका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले प्रदेश २ मा कांग्रेसले राजपा र फोरम नेपालको भविष्य देख्ने गरी चुनावी रणनीति अख्तियार गर्नु जरुरी रहेको जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.