'डमरुको डन्डीबियो'मा खगेन्द्र र मेनुका

'डमरुको डन्डीबियो'मा खगेन्द्र र मेनुका

 

काठमाडौं : दमदार अभिनयमा पर्याय बनेका खगेन्द्र लामिछाने नयाँ चलचित्रमा जुटेका छन् । चलचित्र लेखनमा सफल मानिएका छेतन गुरुङको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘डमरुको डन्डीबियो’मा उनी मुख्य भूमिकामा देखिन लागेका हुन् । काठमाडौं र लमजुङको घलेगाउँमा छायांकन यो चलचित्रको लेखनमा निर्देशक छेतनलाई कलाकार लामिछानेले पनि साथ दिएका छन् ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी घोषणा गरिएको यस चलचित्रमा खगेन्द्रका साथमा रहने छिन् अभिनेत्री मेनुका प्रधान । मेनुकाको पनि पहिचान खगेन्द्रकै जस्तो छ । ग्ल्यामरस छवि बनाएका नायिकाको भीडमा मौलिक तर सबैले रुचाउने उनको अभिनय कौशल साँच्चिकै लोभलाग्दो छ ।

 

खगेन्द्र र मेनुकाको अभिनय एवं छेतेनको निर्देशनका कारण ‘डमरुको डन्डीबियो’ हेर्न लायकको चलचित्र बन्ने अपेक्षा गरिएको छ । चलचित्रमा खगेन्द्र, मेनुकाका साथै अनुप बराल, नमिता घिसिङ, बुद्धि तामाङलगायतले अभिनय गर्नेछन् । सुमी श्रेष्ठ घले र विनोद गुरुङको लगानीमा बन्न लागेको चलचित्रको छायांकन असोज २२ गतेबाट सुरु हुने निर्माण पक्षले जनाएको छ ।

डेढ करोड रुपैयाँको लागतमा बन्न लागेको यस चलचित्र लोपोन्मुख डन्डीबियो खेलमाथि आधारित छ । नयाँ विषय भएकाले जति चुनौती छ अवसर पनि उत्तिकै छ । दर्शक अहिले चलचित्रमा नयाँ विषय, नयाँ प्रयोग र प्रस्तुति खोजिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.