एमाले रुकुमले पूर्व र पश्चिम क्षेत्रका उम्मेदवारको सिफरिस गर्‍यो

एमाले रुकुमले पूर्व र पश्चिम क्षेत्रका उम्मेदवारको सिफरिस गर्‍यो

रुकुम : नेकपा एमाले पश्चिम रुकुम र पूर्व रुकुम गरी दुवै जिल्लाले आसन्न राष्ट्रिय सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारको सिफारिस गरेका छन्। पुर्व र पश्चिम रुकुम कमिटीले छुटछुटै बैठक गरी आ-आफ्नो क्षेत्रका आकांक्षी उम्मेदवारहरुको सुची तयार गरी माथिल्नो कमिटीलाई सिफारिस गरी पठाएका हुन्।

 

शुक्रबार बसेको एमाले पश्चिम रुकुमको बैठकले समानुपातिकमा तीन र प्रत्यक्षमा तीन जना गरी जम्मा छ जनाको नाम सिफारिस हुनुपर्नेमा आकांक्षीको संख्या धेरै भएका कारण प्रत्यक्षमा नौ र समानुपातिकमा ११ जना गरी जम्मा २० जनाको नाम सिफरिस गरी पठाएको एमाले रुकुमका नेता गणेश खड्काले बताए।

नेता खड्काका अनुसार पश्चिम रुकुमबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सिफारिस हुनेमा नारायण शाह, नन्दराम देवकोटा र विद्यापति रिजाल रहेका छन् भने समानुपातिक तर्फ तिर्था गौतम, विमल पुन, सुरज परियार र गणेश केसीको नाम सिफारिसमा परेको छ।

एमाले पश्चिम रुकुमले प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं. १ बाट ठगेन्द्र प्रकाश पुरी, माधव गौतम र डिला शाहीको नाम सिफरिस गरी पठाएको छ भने समानुपातिक तर्फ गणेश केसी, देवी ओली र चन्द्रबहादुर विकको नाम सिफारिसमा गरेको छ। त्यस्तै प्रदेश सभाकै लागि निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ धनराज खड्का, पुस्तक चन्द र टेका रानाको नाम सिफरिस गरेको छ भने समानुपातिकतर्फ ऋषी शर्मा र कल्पना खड्का, खड्क परियार र मानविर घर्तीको नाम सिफरिस गरेको छ।

त्यस्तै उता एमाले पूर्व रुकुम जिल्ला कमिटीले पनि आसन्न प्रतिनिधिसभा र प्रदेश सभाका लागि आकांक्षी उम्मेदवारको सूची तयार गरी सिफारिस गरेको जनाएको छ। सदरमुकाम रुकुमकोटमा बसेको जिल्ला कमिटी बैठकले प्रत्यक्ष र समानुपातिक तर्फ गरी जम्मा १२ जनाको नाम सिफारिस गरेको हो। जिल्ला कमिटी संयोजक सतमान पुन मगरका अनुसार टोपबहादुर ओली, मोहन केसी र नुमेन्द्रा खड्काको नाम प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ भने समानुपातिक तर्फ खेममान खड्का, नन्दलाल शर्मा र राजिमाया पुनको नाम सिफरिसमा परेको छ।

पूर्व रुकुमबाट निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभाका लागि प्रत्यक्षतर्फ लक्ष्मीप्रसाद पुन मगरको नाम मात्रै सिफारिस गरिएको छ भने समानुपातिकमा सतमान पुन, आशा स्वर्णकार र मस्त समालको नाम सिफारिस गरेको छ। त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ टीकाराम उपाध्याय र समानुपातिकतर्फ फत्ते ओलीको नाम सिफरिस गरी पठाएको छ।

नेकपा माओवालीसँग चुनावी तालमेल गर्ने जनाइसकेको एमालेले सिफरिस गरेका प्रत्यक्ष तर्फका उम्मेदवारहरुले तालमेल पश्चात नाम तलमाथी पर्दा पनी आफूहरुले साझा उम्मेदवारलाई सघाउने जनाएका छन्। यसकारण पनि एमाले रुकुमममा समानुपातिक तर्फका आकांक्षीहरुको संख्या प्रत्यक्ष भन्दा धेरै रहेको पाइएको छ। एमाले बाहेक जिल्लामा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने यस अघि नै आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरी पठाइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.