भोजपुरमा प्रदेशसभा र प्रतिनिधि सभाका उम्मेदवार सिफारिस

भोजपुरमा प्रदेशसभा र प्रतिनिधि सभाका उम्मेदवार सिफारिस

भोजपुर : भोजपुरमा आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लास्थित राजनितिक दलहरुले आ-आफ्ना उम्मेदवारको नाम सिफारिस गरेका छन् ।नेकपा एमाले भोजपुरले आसन्न प्रदेश र केन्द्रिय प्रतिनिधिको नामावली सिफारिस गरेको छ । एमालले प्रतिनिधि सभा निर्वाचनका लागि तीन जनाको नाम प्रदेश कमिटीमा प्रस्तावका लागि पठाउने निर्णय गरेको छ ।

 बिहीबार बसेको १५ औँ जिल्ला कमिटीको बैठकले संघको प्रत्यक्ष तर्फको उम्मेदवारका लागि जयन्ती राई, राजेन्द्र कुमार राई र कृपासुर शेर्पा नाम प्रस्ताव गरेको छ । त्यसैगरि समानुपातिकतर्फ धनहर्क राई, तिर्थ कुमार राई, केदारमान राई, अमर सापकोटा, रामशोभा राई, दानबहादुर राईको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटीको बैठकले प्रदेशमा क्षेत्र नं २ को प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा शेरधन राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने क्षेत्र नं १ का लागि पाँच जनाको नाम सिफारिसमा परेका छन् । क्षेत्र नं १ को उम्मेदवार छनोटको लागि पार्टि उपाध्यक्ष एबम् क्षेत्र नं १ का क्षेत्रीय कमिटी संयोजक देविराम चौलागाईको अध्यक्षतामा बसेको बैठकले जिल्ला कमिटीको बैठकमा प्रस्ताव गर्नका लागि हरिबहादुर राई, देवीराम चौलागाई, विष्णु कुमार राई, मकर खड्का र शरण कुमार राईको नाम प्रस्ताव गरिएको छ ।

त्यस्तै समानपातिकतर्फ क्षेत्र नं २ बाट भरत तामाङ, सिर्जना राई, टिका विष्ट, विरजंग राई, घमानसिं राई, रविन शिवा, सरिता तामाङ, दुर्गा रणपँहेली, विमला थापा र लालबहादुर विक रहेका छन् भने क्षेत्र नं १ बाट कल्पना राई, पासाङदोर्ची शेर्पा, जिवन राई, ईश्वर कार्की, शेरबहादुर श्रेष्ठ, हरि भित्रिकोटी, खड्ग पौडेल, ज्ञानेन्द्र कार्की र यशोदा गौतमको नाम सिफारिसमा रहेको एमाले प्रचार विभागले जनाएको छ ।

त्यसैगरि नेकपा माओवादी केन्द्र भोजपुरले पनि प्रतिनिधिसभा र प्रदेश सभाका लागि आफ्नो उम्मेदवार सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचनका लागि उसले क्षेत्र नं १ को प्रत्यक्षतर्फ राजेश खतिवडा र दिलकुमार राई र क्षेत्र नं २ को प्रत्यक्षतर्फ सुदन किरातीको नाम सिफारिसमा परेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि रमेश ओझाको नाम केन्द्रले सिफारिस गरेकोमा प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ गणेश प्रधान (शिव), हिमालधन राई र दुर्गा राईलाई सिफारिस गरेको छ ।

नेपाली कांग्रेस भोजपुरले पनि प्रतिनिधि सभा निर्वाचनका लागि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि कार्कीको नामसँगै कुमारी लक्ष्मी राई, बालकृष्ण थापा र उमेशजंग रायमाझीको नाम सिफारिस गरेको छ । क्षेत्र नं १ को प्रत्यक्षतर्फ नन्दमणी राई, उत्तम चाँपागाई, हेमन्त मुकारुङ, शिव खत्री र क्षेत्र नं २ को प्रत्यक्षतर्फ शंकरप्रसाद कोइराला, गोविन्दबहादुर कार्की, विश्वनाथ पराजुली, र भरत कार्की सिफारिसमा परेका छन् ।

त्यस्तै समानुपातिकतर्फ रेणु राई, माया राई, तोरण कार्की, सितारा राई, कृष्णबहादुर खड्का, बालकृष्ण राई, केदार कार्कीे, रोहित विश्वकर्मा, पुष्पबहादुर तामाङ, टंक पाण्डे, बालकृष्ण राई, चक्र कार्की, तारा भण्डारी, रुद्र किराँत, निर्मला गौतम, नारायणबहादुर कार्की, उद्धिम राई, शिशिरा राई, अमृत राई, निर्मला खड्का, गणेश राई, दिनेश कार्की, सुरेन्द्र सुन्दास, निरबहादुर विक, शुभचन्द्र राई, खड्ग कार्की, कृति कुमारी कार्की, र राजन खतिवडाको नाम सिफारिस भएका हुन् ।

यता संघीय समाजवादी फोरम नेपाल भोजपुरले भने प्रदेश र प्रतिनिधिसभाका लागि असोज २२ गते जिल्ला कमिटीको बैठक गर्ने र बैठकले उम्मेदवारहरुको नाम सिफारिस गर्ने निर्णय तय भएको श्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.