दार्चुला कांग्रेसले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठायो
दार्चुला : आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि यहाँका राजनीतिक दलहरुले स्थानीय स्तरमा सहमती नजुटेपछि आकांक्षी उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिरहेका छन् ।
कांग्रेसको जिल्ला कार्यसमितिले उम्मेद्वारको टुंगो लगाउन नसकेपछि आकांक्षीहरुको नामावली केन्द्रिय समितिमा पठाइएको सचिव गोवद्र्धन कोलीले बताए । प्रतिनिधि सभाका लागि १ र प्रदेशसभाका लागि २ क्षेत्र रहेको दार्चुलामा ३ जना उम्मेदवार हुने भएपनि २८ जना आकांक्षी देखिएपछि जिल्लामा टुंगो लगाउन नसक्दा केन्द्रमा पठाइएको हो ।
प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू र नेता गौरीशंकर गिरीको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभामा समानुपातिक खुल्लामा बिक्रम सिह धामी र पूर्व सभापती महादेव बडू रहेका छन् । समानुपातिक समावेशीमा जनजातीतर्फ सभापति ललित सिह बोहरा र दलिततर्फ जयराम टमटाको नाम सिफारिस भएको छ ।
प्रदेशसभामा प्रत्यक्षका लागी क्षेत्र नं १ बाट सभापती ललित सिंह बोहरा, मदन गिरी, दानसिंह तिंकरी, हरक सिह विष्ट, नन्दा बम, धिरेन्द्र साउद, चन्द्र सिंह सामन्त, गणेशराज भट्ट, पदम राज पन्त, गोकर्णबहादुर चन्द, नरेन्द्र सिंह धामी, सुरेन्द्रप्रसाद अवस्थी, कृष्ण प्रसाद भट्ट, दुर्गा दत्त भट्ट र बाशुदेब बडू गरी १५ जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गरिएको सचिव कोलीले जानकारी दिए ।
प्रदेशसभा समानुपातिक महादेब बडू (कस्यप), मानसिंह बोहरा, जयदेब जोशी, कृष्ण प्रसाद भट्ट, गजेन्द्रसिंह कार्की र राजेन्द्रप्रसाद बडू रहेका छन् । प्रदेशसभा समानुपातिक समावेशी महिलामा नन्दा बम, संगिता चन्द, शान्ती बम, राजु अवस्थी र द्रोपति चैसिर रहेका छन् । जनजातीतर्फ दानसिंह तिंकरी, सन्तोष कुमार सिंह ऐतवाल, बासुदेव सिंह ऐतवाल र यशोदा तिंकरी रहेका छन् भने दलिततर्फ सचिव गोबद्र्धन कोली र जयराम टमटा रहेका छन् ।
क्षेत्र नं २ बाट प्रदेशसभाका लागि जग्दिशबहादुर पाल, मानसिह बुढाथोकी, विक्रमसिह धामी र रामदत्त जोशी र समानुपातिकतर्फ खुलामा शम्भुप्रसाद जोशी, केशवबहादुर सिह, मोहनसिंह साउद र रामदत्त जोशी तथा महिलाका लागि देबकी बोहरा (ठेकरे)को नाम सिफारिस गरिएको छ ।