उदयपुरमा ठूला राजनीतिक दलले उम्मेदवार टुंग्‍यायो

 उदयपुरमा ठूला राजनीतिक दलले उम्मेदवार टुंग्‍यायो

गाईघाट: देशमा विभिन्न राजनीतिक दलबीच चुनावी एकता र राजनीतिक ध्रुवीकरण बढिरहेको अहिलेको अवस्थामा उदयपुर जिल्लामा भने ठूला तीनवटा राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आगामी मंसिर २१ गते प्रदेश र केन्द्रको चुनावको लागि पार्टीको तर्फबाट सम्भावित उम्मेदवारको नाम टुंगो लगाएका गरेका छन्।

 

नेपाली काँग्रेस पार्टीको हालै बसेको जिल्ला समितिको बैठकले आगामी मसिर २१ गते हुने केन्द्रको चुनावको लागि उदयपुर क्षेत्र नं १ बाट सम्भावित संसद्को पहिलो उम्मेदवार पार्टीका केन्द्रीय सदस्य डा नारायण खड्काको नाम निर्धारण गरेको छ भने अन्यमा प्रमिला राई, लक्ष्मी परियार र जिल्ला पार्टी सभापति विदुर बस्नेतको नाममा निर्णय गरेको छ।

जिल्ला पार्टी सचिव मदनराज कटुवालकाअनुसार क्षेत्र नम्बर २ मा वर्तमान सांसद नारायणबहादुर कार्की, अर्जुन खड्का र सञ्जीव थापाको नाम केन्द्रको उम्मेदवारको लागि निर्णय भएको छ।

यस्तै हालै बसेको नेकपा एमालेको जिल्ला बैठकले क्षेत्र नम्बर १ बाट केन्द्रको लागि वर्तमान सांसद मञ्जुकमारी चौधरी, रामणी पोखरेल र टेकबहादुर राउतको नाम निर्धारण गरेको नेकपा एमाले उदयपुरले बताएको छ।

यस्तै क्षेत्र नम्बर २ बाट जगन्नाथ खतिवडा, विष्णुबहादुर राउतको नाम तय गरिएको नेकपा एमाले उदयपुरले बताएको छ। यता माओवादी केन्द्रले क्षेत्र नम्बर १ बाट केन्द्रको लागि पार्टी पोलिटब्यूरो सदस्य सुरेश राई (हिमाल)पुष्प बस्नेत,को नाम निर्धारण गरेको छ, भने क्षेत्र नम्बर २ मा पार्टी स्थायी समिति सदस्य तथा पूर्व सञ्चारमन्त्री राम कार्की, केपी बराल, मोहन पौडेलसहितको नाम निर्धारण गरेको पार्टी जिल्ला संयोजक विनोद कटुवाल(दिवश) ले बताए।

प्रदेशको चार क्षेत्रका लागि काँग्रेसले प्रदेशको सम्भावित उम्मेदवार भोजराज खतिवडा, अर्जुन दाहाल, शिवराज राई, मौसम राई, राजेन्द्र पौडेल डा. भोगेन्द्र चौधरी, हिमाल कार्की, मदनराज कटुवाल, महेन्द्र चौधरी, सरोज बस्नेत, प्रमिला राई, खेसराज मगर, रेवतबहादुर दाहाल, महेन्द्र सिग्देल, रामकुमार खत्री, रामकुमार राई, हरिबहादुर खड्का, त्रिभुवन दाहाल, नेत्र पौडेलसहितको नाम तय गरेको नेका उदयपुरले बताएको छ।

नेकपा एमालेबाट प्रदेशको चार क्षेत्रका लागि कालु लामा, कुमारजंग कार्की, कुशलबाबु बस्नेत, टेकनारायण चौधरी, डिल्ली बिमली, धनपती आचार्य, नरेन्द्र राउत, नारद निरौला, राजेन्द्र कटुवाल, बिमल कार्की, राजकुमार राई, ईश्वरमणि राउत, परमेश्वर घिमिरे, शम्भु पौडेल, सम्झनाकुमारी पोखरेल, शैलेश लामा, देवराज राई, टामिन्द्र राई, चक्रबहादुर तामाङ, ज्ञानबहादुर समाल, रहेको कुरा नेकपा एमाले उदयपुरले बताएको छ।

प्रदेशको लागि माओवादी केन्द्रबाट राजन किराँती, विनोद कटुवाल, नारायण बुर्जा, रामबहादुर थापा मगर, हेमराज दाहाल, नीरज पौडेल, बिमल किराँती, एबिराज राई, गणेश थाम्सुहाङ लगायतका उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय भएको माओवादी केन्द्र उदयपुरले बताएको छ।

विगतमा उदयपुर जिल्लामा तीन निर्वाचन क्षेत्र रहेको भए तापनि हालको संरचनाअनुसार केन्द्रको लागि दुईवटा क्षेत्र र प्रदेशको लागि चारवटा निर्वाचन क्षेत्र निर्धारण भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.