डिएनए टेस्ट किन गर्ने ?

डिएनए टेस्ट किन गर्ने ?

एजेन्सी: तपाईहरु सबैले सुनेकै कुरा हो डिएनए परीक्षण।आशंकाको रहस्‍य, नाता सम्बन्ध, आमाबुवा, दिदीबहिनी, वंश, जातीय समूह र परिवारको बारेमा पत्ता लगाउन डिएनए परीक्षण गरिन्छ। विज्ञानमा डिएनए परीक्षण अहिलेसम्‍म करीब १२ सय प्रकारका रहेका छन्।

 

यही परीक्षणको माध्‍यमबाट धेरै पटक जटिल अपराधहरुको रहस्य समेत प्रमाणित हुने गरेको छ। विज्ञान प्रविधिले फड्को मारेसँगै डिएनए परीक्षणले मानव समाजमा धेरै प्रगति गरिदिएको छ। यसैको मद्दतबाट नवजात शिशुमा रहेको रोगलाई पत्ता लगाउनुका साथै निराकरण समेत हुने गर्दछ।

के हो डिएनए ?
सन् १९५३ मा वैज्ञानिक जेम्स वाटर्सन तथा फ्रान्सिस क्रिकले पहिलो पटक डिएनएो खोज गरेका थिए।यही खोज गरेवापत उनीहरुलाई सन् १९६२ मा नोबेल पुरस्कारबाट सम्‍मानित समेत गरिएको थियो। डीएनए जीवित कोशिकामा पाउने अणुको डी-अक्सिराइबोन्‍यूक्लिक एसिड हो। यसमा अणुवांशिक गुण समावेश रहेको हुन्छ।

डीएनएको आकार भने घुमाउने सिढी जस्तै देखिन्छ। यसको एउटा अणु चार वटा अलग अलग रासायनिक वस्तु(अडेनिन, ग्वानिन, थाइमिन र साइटोसिन)ले बनेको हुन्छ जसलाई न्यूक्लियोटाइड भन्‍ने गरिन्छ। यही न्यूक्लियोटाइडको फस्फेटको अणु जोडिएको हुन्छ। यो प्रत्‍येक मानिसको जीवित कोषिकाको लागि अनिवार्य हुन्छ भने प्राय: क्रोमोजोमको रुपमा शरीरमा अवस्थित हुन्छ।

कसरी गर्ने डीएनए परीक्षण?

यदि तपाई कुनै व्‍यक्तिमाथि शंका भए उसको कपाल, रगत, छाला तथा तरल पदार्थ ( एम्नियोटिक फ्लुइड)को नमुना लिनु पर्ने हुन्छ। एम्नियोटिक फ्लुइड गर्भावस्थामा भ्रूणको खानामा तरल अवस्थामा रहेको हुन्छ। यसका साथै शंकास्पद व्‍यक्तिको गालाको एउटा तन्तुको अंश ब्रस वा कपासको माध्‍यमबाट नमुना लिन सकिन्छ। त्‍यति मात्रै नभएर मुख धोएको र्‍यालको माध्‍यमबाट पनि डीएनएको नमुना लिदा उपयुक्त हुन्छ।

त्‍यसपछि शंकास्पद व्‍यक्तिबाट लिएका सबै प्रकारका नमुनाहरुलाई प्रयोगशालामा परीक्षणको लागि दिएर एक/दुई हप्तामा रिजल्ट थाहा पाउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.