समानुपातिक उम्मेदवार छान्न पनि निर्वाचन
गोरखा: नेकपा एमाले गोरखाले समानुपातिक उम्मेद्वार छान्न चुनाव गरेको छ। प्रदेशसभाको उम्मेद्वार छान्न शनिबार बिहान चुनाब गरेको जिल्ला सचिव कृष्ण नेपालीले जानकारी दिए।
१२ जना उम्मेद्वार छान्नुपर्नेमा ३५ जना आकांक्षी थिए। चुनावबाट चन्द्रबहादुर भुजेल, सिताराम बुढाथोकी, काजीराम रोका, ऋषिबहादुर बोगटी, टीकानारायण श्रेष्ठ, टीकाराम नेपाली, बाबुराम अधिकारी, प्रदीपसिँह क्षेत्री र महिलातर्फ पार्वती पाठक, इन्दिरा देवकोटा, रमिला आले र पम्फा खत्री निर्बाचित भएका छन्।
उनीहरुको नाम आइतबार प्रदेश कमिटीमा पठाउने जिल्ला सचिव नेपालीले जानकारी दिए।उनीहरुलाई जिल्ला कमिटी सदस्यले भोट दिएका थिए। ५९ सदस्यीय जिल्ला कमिटी रहेकोमा उपस्थित रहेका ३२ जनाले मतदान गरेका थिए।
त्यस्तै प्रतिनिधि सभाका लागि दिनेशचन्द्र देवकोटा, बाचस्पति देवकोटा, द्रोणाचार्य तिमिल्सिना, कल्पना कुँबर, निर्मला कट्टेल र गीताभट्टको नाम सिफारिस गरिएको एमाले गोरखाले जनाएको छ।