वाम एकता प्रस्तावमा विदेशीको धम्की : प्रचण्ड

वाम एकता प्रस्तावमा विदेशीको धम्की : प्रचण्ड

काठमाडौ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नयाँ शक्तिसँग एकताको प्रस्तावमा विदेशी शक्तिको धम्की आएको बताएका छन् ।

माओवादी केन्द्रका नेताहरुलाई शनिवार काठमाडौमा प्रशिक्षण दिने क्रममा प्रचण्ड एमालेसँग चुनावी तालमेल र पार्टी एकताको प्रस्ताव अगाडि बढाएपछि आफू माथि दबाब र धम्की आएको बताएका हुन । तर प्रचण्डले कुन विदेशी शक्तिबाट उनी माथि दबाब र धम्की आएको भनेर भने खुलाएनन ।

असोज १५ गते बसेको केन्द्रीय सचिवालयको बैठकमा एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने प्रस्ताव पेश गर्ने क्रममा पनि भारतीय अधिकारीहरुबाट धम्की आएको प्रचण्डले बताएका थिए । तर शनिवारको प्रशिक्षणमा भने प्रचण्डले भारतीय अधिकारीहरुको नाम उच्चारण नै नगरी बाह्य शक्ति उल्लेख गरेका थिए ।

 

राष्ट्रिय सभागृहमा भएको प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने ‘सबै खालका चुनौतीहरु छन बाहय तनाव,धम्की र चुनौतीहरु छन् । तर कहाँबाट कस्तो कस्तो धम्की आयो,त्यो चाहि अहिले म भन्दिन । ती सबै चुनौतीहरुलाई पार गरेर अगाडि बढिएको हो । समाजवादी क्रान्तिको यात्रामा अगाडि बढन नयाँ जोखिम मोलिएको हो’ प्रचण्डले भने ।

एमालेले ल्याएको चुनावी तालमेलको प्रस्तावमा आफूले नै पार्टी एकताको प्रस्ताव राखेको प्रचण्डले बताए । ‘पार्टी एकताको प्रस्ताव टुंग्याएर चुनावी तालमेल गरिएको हो’ प्रचण्डको भनाई उघृत गर्दै पोलिटव्यूरो सदस्यले भने ‘हामी र एमाले दुवै रुपान्तरित हुने हो,न एमाले माओवादीमा बिलिन हुने हो न माओवादी एमालेमा बिलिन हुने हो ।’

एमाले उपाध्यक्ष बामदेव गौतमले ल्याएको चुनावी तालमेलको प्रस्ताव माथि निरन्तर छलफल गर्ने क्रममा पार्टी एकताको सैद्धान्तिक सहमतिमा पुगिएको पनि प्रचण्डले नेताहरुलाई जानकारी गराए । पार्टी एकताको प्रस्ताव माथि एमालेबाट गौतम र माओवादी केन्द्रबाट जनाद्र्धन शर्माले बढी नै मेहनत गरेको प्रचण्डले बताए ।

‘सरकार छोडन तयार छौ’
प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटको प्रसंग पनि प्रचण्डले प्रशिक्षणमा सुनाए । माओवादी केन्द्र र काँग्रेस वीच भएको समझदारी अनुसारले आफूहरुले देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको प्रचण्डले बताए । देउवाकै नेतृत्वमा तोकिएकै मितिमा चुनाव हुनु पर्नेमा प्रचण्डले जोड दिए । देउवालाई आफूले दिएको जवाफ उघृत गर्दै प्रचण्डले भने ‘नैतिकताको आधारमा हामी सरकारमा बसेका हौ,तपाईलाई अप्ठयारो हुन्छ भने हामी सरकार छोडिदिन्छौ । तपाईहरुलाई जे सजिलो हुन्छ,त्यो भन्नुस । ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.