इलाममा एमालेका चार उम्मेदवार सर्वसम्मत

इलाममा एमालेका चार उम्मेदवार सर्वसम्मत

इलामः एमाले इलामले प्रतिनिधि सभाका दुई र प्रदेश सभाका दुई निर्वाचन क्षेत्रमा सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको छ भने बढी आकांक्षी रहेको दुई प्रदेश क्षेत्रका लागि रायसहित उम्मेद्वार सिफारिस गरेको छ।

जिल्ला कार्य समितिको बैठकले प्रतिनिधि सभाका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र क्षेत्र नम्बर २ का लागि नेता सुवासचन्द्र नेम्बाङलाई सर्वसम्मत उम्मेद्धार सिफारिस गरेको उपसचिव उमेश गुरुङले जानकारी दिए। एमालेले निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र नम्बर १ मा सात जनाको नाममा भक्त केशी, उमेश गुरुङ, कृष्ण श्रेष्ठ, खिनु ल्वागुन, सिखरनाथ सापकोटा, जेवी लुगेली र याम अधिकारी सिफारिसमा परेका छन्।

 

क्षेत्रीय स्तरमा उम्मेद्वार छनोटका लागि भएको मतदानमा मतपत्र च्याताच्यात भएपछि न्यायी कमिटीमा परेको उजुरीलाई ध्यानमा राख्दै सबै आकांक्षीको नाम प्रदेशमा पठाएको एमालेले जनाएको छ। एमालेले क्षेत्र नम्बर १ कै २ नम्बर क्षेत्रमा भने काजीमान कागतेको नाम सर्वसहमत रुपमा सिफारिस गरेको छ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र १ मा राम रानाको नाम सर्वसहमत रुपमा सिफारिस गरेको छ भने क्षेत्र नम्बर २ मा तीन जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ का लागि ओमनारायण खनाल, जयप्रकाश राई र रिप्पल राईको नाम सिफारीस गरेको उपसचिव गुरुङले बताए।

जिल्लाले पठाएको सिफारिसलाई आइतबार बस्ने प्रदेश कमिटिको बैठकले राय सुझावसहित स्थायी समितिमा पठाउने उनले बताए। सबै प्रदेशबाट गएका नामावलीलार्ई २६ र २७ गते बस्ने स्थायी कमिटिको बैठकले टुंगो लगाउने एमालेले जनाएको छ। एमालेले समानुपातीकमा १३ जनाको नाम सिफारिस गरेको छ। एमालेले माओवादी केन्द्रलाई समानुपातीकमा मात्र इलाममा ठाउ दिन समेत सुझाव पठाएको छ। माओवादीले स्थानीय तह र संविधान सभामा पाएको मतको आधारमा पनि ठूलो भाग दिए राम्रो परिणाम नआउने एमालेले सुझाव पठाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.