वाम तालमेल सकारात्मक : मोहनविक्रम सिंह

वाम तालमेल सकारात्मक : मोहनविक्रम सिंह

गैंडाकोट (नवलपरासी) : नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले वामपन्थी तालमेललाई ‘एकीकृत कम्युनिस्ट स्वरूप’ मान्न नसकिने बताएका छन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको एकता एकीकृत कम्युनिस्ट पार्टी निर्माणको कदम भने पनि त्यस्तो नभएको उनको भनाइ छ । नवलपरासीको गैंडाकोटमा आयोजित पत्रकार सम्मेलनमा उनले छरिएर रहेका कम्युनिस्ट पार्टीबीचको दूरी मात्र कम भएको बताए । यद्यपि, उनले चुनावी एकता भए सकारात्मक रहेको टिप्पणी गरे ।

 

‘क्रान्तिकारी कम्युनिस्टवादी सिद्धान्तबाट विचलित भएका शक्तिबाट एकीकृत कम्युनिस्ट पार्टी बन्छ भन्ने विश्वास छैन’, उनले भने, ‘छरिएर रहेका माक्र्सवादी र लेनिनवादीहरूबीच अलिकति भए पनि दूरी घटेकोे छ, कम्युनिस्ट पार्टी निर्माणको कदम भने होइन ।’

भारतको चलखेलका कारण वामपन्थी दलहरूबीच फाटो आएको उनको भनाइ थियो । उनले राष्ट्रिय जनमोर्चाले निर्वाचनमा भाग लिने बताए । निर्वाचनमा कोसँग तालमेल गर्ने भन्ने विषयमा छलफल नभएको उनको भनाइ थियो ।

‘हामीले जित्दैनौं भन्ने थाहा छ तर निर्वाचन हाम्रो लागि संघर्षको माध्यम हो’, उनले भने, ‘संघीयताको विरोध भए पनि संविधानअनुसार पालना गरेका हौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.