ध्रुवीकरणभन्दा सबै पार्टीबीच सहकार्य आवश्यकः अध्यक्ष राणा
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जबराले नेपालमा वामपन्थी र प्रजातन्त्रवादी शक्तिबीचको धु्रवीकरणभन्दा पनि संघीय गणतन्त्र तथा शिशु संविधानलाई संस्थागत गर्न सबै पार्टीबीच सहकार्य आवश्यक भएको बताएका छन्।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा राणाले वामपन्थी शक्तिहरुले गठबन्धन गरेपछि प्रजातन्त्रवादी शक्तिको गठबन्धनमा आफ्नो पार्टी सहभागी भइसकेको, तर लोकतन्त्रवादीको गठबन्धन कसैप्रति लक्षित नभएको बतए।
लोकतन्त्रवादी र वामपन्थीहरुको गठबन्धनबाट मुलुकलाई स्थिरतातर्फ लैजाने विश्वास व्यक्त गर्दै नेता राणाले यसले नै मुलुकमा दीर्घकालीन योजना तयार गर्नुका साथै विकास र समृद्धि गर्ने मौका पाइने बताए।