विपक्षीबाट जोगाउन जनप्रतिनिधिलाई होटलमा लुकाइयो

विपक्षीबाट जोगाउन जनप्रतिनिधिलाई होटलमा लुकाइयो

वीरगन्ज : स्थानीय तहको कार्यपालिका गठनका लागि हुने निर्वाचनमा अन्य दलको प्रभावमा नपरून् भनेर नेताहरूले जनप्रतिनिधिलाई जिल्लाबाहिर सहरका होटलमा लगेर छन् ।पर्साको पर्सागढी नगरपालिकाको कार्यपालिका गठनका लागि हुन लागेको निर्वाचनमा आफ्ना जनप्रतिनिधिलार्ई अरूले प्रभावमा पार्न नसकून् भनेर दलहरूले बाराको सिमरामा लगेर तीन दिनदेखि राखेका हुन् ।

स्थानीय तह निर्वाचनमा पर्सागढी नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी कांग्रेसका २४ जना निर्वाचित छन् । संघीय समाजवादी फोरमबाट वडाध्यक्ष र सदस्य गरी १२ तथा एमालेबाट वडाध्यक्ष र सदस्य गरी ११ जना निर्वाचित भएका छन् ।

 

पर्सागढीमा आइतबार हुने नगर कार्यपालिकाको निर्वाचनका लागि फोरम र एमालेले तालमेल गरेका छन् । कार्यपालिकाको निर्वाचनमा फोरम र एमालेको गठबन्धनभन्दा कांग्रेसको एक मत बढी छ । फोरम र एमाले नेता कांग्रेसबाट एक-दुई प्रतिनिधि आफ्नो पक्षमा पार्न लागिपरेका छन् । यसका साथै उनीहरूले आफ्ना दलबाट निर्वाचित जनप्रतिनिधिलाई सिमरास्थित एक होटलमा बिहीबार साँझदेखि नै राखेका हुन् ।

कार्यपालिकाको निर्वाचनमा अरू दलको प्रलोभन र प्रभावबाट जोगाउन जनप्रतिनिधिलाई सिमरामा ल्याएर राखेको एमालेका स्थानीय नेता टेकप्रसाद तिमल्सिनाले जानकारी दिए । निर्वाचन हुने दिन आइतबार मात्र पर्सागढी नगरपालिकामा लगेर निर्वाचनमा सहभागी गराउने उनले खुलाए । आफूहरूको २३ मत मात्र रहे पनि बहुमत पुर्‍याउन कांग्रेसको एक-दुई मत आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेको उनले स्वीकार गरे । भने, ‘हामी जसरी पनि बहुमत पुर्‍याई छाड्छौं’, दाबीका साथ उनले भने ।

पर्सागढीका मेयर लोकनारायण यादवले भने आफ्नो दलका तर्फबाट निर्वाचित जनप्रतिनिधि एकजना पनि विचलित नभएको दाबी गर्दै कार्यपालिकाको निर्वाचनमा आफ्नो दल नै विजयी हुने विश्वास व्यक्त गरे ।

बाराको सिमरास्थित रोजी होटल एन्ड गेस्टहाउसमा शुक्रबार राति खाना खाँदै पर्साको पर्सागढी नगरपालिकाका जनप्रतिनिधि । एमाले र फोरमले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई होटलमा राखेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.