महाकाली अञ्‍चल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

महाकाली अञ्‍चल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

महेन्द्रनगर : महाकाली अञ्चल अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द भएको छ । शनिबार राति अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीमाथि हातपात र अस्पतालको सुत्केरी वार्डमा तोडफोड भएको विरोधमा अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले आकस्मिक सेवा बाहेकका सबै सेवाहरु आइतबार बिहान देखि बन्द गरेका हुन् ।

 

शनिबार बेलुका सुत्केरी गराउन ल्याइएकी एक महिलाले बच्चा जन्माउने क्रममा उनको बच्चाको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको तथा अस्पतालमा तोडफोड समेत गरेको भन्दै आकस्मिक बाहेकका सेवा बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलमा उत्रेका हुन् ।

शनिबार बेलुका अस्पतालमा सुत्केरी हुन आएकी भीमदत्त नगरपालिका १ बारकुन्डाकी एक महिलाले बच्चा जन्माउने क्रममा बच्चाको मृत्यु भएपछि आफन्त आक्रोशित बनेका हुन् । चिकित्सकको लापरबाहीका कारणले बच्चाको मृत्यु भएको उनीहरुको आरोप छ तर चिकित्सकले भने कुनै लापरबाही नभएको बताएका छन् ।

‘सुरुमा पाठेघरको मुख पुरै खुलिसकेको थिएन्, बच्चाको टाउको बर्थिङ क्यानलमा पुगेर अड्कियो' उपचारका क्रममा पुगेका चिकित्सक डा. सत्य कोइरालाले भने,‘ त्यो अवस्थामा कि त महिलाले नै प्रेसर दिनुपर्छ नभए टाउकोमा भ्याकुम लगाएर बच्चा निकाल्नुपर्ने हुन्छ' । उनले टाउँकोमा भ्याकुम लगाएर बच्चा निकालेपछि चेकजाँच गर्दा मृत्यु भइसकेको बताए ।

उनका अनुसार बच्चाको टाउको बर्थिङ क्यानलमा अड्किएपछि बच्चाले दिशा गरेको र सोही दिशा नाक, मुख हुदै फोक्सो सम्म पुगेकाले बच्चाको मृत्यु भएको हुन सक्ने बताए । सुरुमा सुत्केरी व्यथा लागेपछि ल्याउदा चिकित्सकले शिशु र महिलाको अवस्था सबै राम्रो छ भने' सुत्केरी हुन आएकी सरस्वती विष्टकी सासु कमला विष्टले भनिन्,‘पछि चिकित्सकहरुले यस्तो समस्या रैछ र बच्चाको मृत्यु भयो भने' ।

उनले चिकित्सकको लापरबाहीकै कारणले बच्चाको मृत्यु भएको भन्दै कारबाही हुनुपर्ने बताइन् । बच्चाको मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सक डा. सत्य कोइरालामाथि हातपातको प्रयास गरेका थिए । सो क्रममा ड्यिुटीमा खटिएका प्रहरीका जवान प्रतासिंह बोहराको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा ४ टाँका लागेको र उपचारका लागि खटिमा लगिएको छ ।

बिरामीका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि नै आक्रमण गर्ने कामले असुरक्षित भएको भन्दै आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् । स्वास्थ्यकर्मी आबद्व विभिन्न संगठनहरुले समेत ऐक्यबद्वता जनाएका छन् । चिकित्सकहरुले सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गरेका छन् ।

अस्पताल प्रशासनले समेत चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने माग राखेको छ । प्रहरीले आक्रमण र तोडफोडमा संलग्न रहेको भन्दै ५ जना बिरामीका आफन्तलाई पक्राउ गरेको छ । आकस्मिक बाहेकका अन्य सबै सेवाहरु अचानक बन्द भएपछि उपचारका लागि आएका बिरामीहरु मर्कामा परेका छन् । उनीहरु उपचार नै नगराई घर फर्किन वाध्य भएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.