एमाले सांसद चौधरीले गरे चुनाव नलड्ने घोषणा

एमाले सांसद चौधरीले गरे चुनाव नलड्ने घोषणा

सिमरा : संविधान सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद बलवीर चौधरीले प्रतिनिधि सभाको निर्वाचनमा आफू चुनाव नलड्ने घोषणा गरेका छन्। एउटै व्यक्तिले पटकपटक चुनाव लड्न नहुने भन्दै चौधरीले मंसिरमा हुने निर्वाचनमा पार्टीका अन्य नेतालाई सघाएर अघि बढ्ने तर आफू चुनाव नलड्ने घोषणा गरेका हुन्। एमाले केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज समेत रहेका सांसद चौधरी प्रतिनिधि सभा सदस्यका लागि बारा क्षेत्र नम्बर २ का बलिया सम्भावित उम्मेदवार थिए।

जिल्लाका नेताकार्यकर्ताले समेत सांसद चौधरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने सक्ने आकलन गरेका थिए। सांसद चौधरीको घोषणालाई स्वागत गर्दै पार्टीका नेताकार्यकर्ताले उनलाई त्यागी नेताको रुपमा हेर्न थालेका छन्।

‘टिकट पाउने बलियो सम्भावना हुदाहुदै पनि सांसद चौधरीले अरुलाई अवसर दिनुपर्छ भन्ने सोचका साथ गर्नुभएको निर्णय स्वागतयोग्य छ’, एमालेका एक कार्यकर्ताले भने, ‘पटकपटक चुनाव लड्नुपर्छ भन्ने मानसिकता बोकेका नेतालाई यो गतिलो जवाफ पनि हो। जिल्लाकै केही नेता पटकपटक चुनाव लडिरहेका छन्। चौधरीको यस्तो निर्णयलाई सबैले अनुशरण गर्न सके धेरै राम्रो हुने थियो।’

२०६४ सालको संविधान सभा निर्वाचनमा पराजित भएका चौधरी संविधान सभाको दोस्रो निर्वाचनमा निर्वाचित भएका थिए। सालिन नेताका परिचित चौधरीले सधै चुनाव लड्नुपर्छ भन्ने मानसिकतामा आफू नरहेको र अन्य नेतालाई अवसर दिनका लागि आफूले त्याग गरेको बताए।

‘सधैँ चुनाव लडिरहनुपर्छ भन्ने मानसिकता मेरो छैन्, पहिलो संविधान सभाको निर्वाचनमा हार ब्यहोरेपछि दोस्रो निर्वाचनमा टिकट पाए र चुनाव पनि जिते’ चधरीले भने ‘मैले आफ्नो क्षेत्रमा गर्नुपर्ने विकासका काम गरेको छु। जनताको मन जितेर बसेको छु। अहिले पनि टिकट पाए भने चुनाव जित्ने आधार प्रसस्त छ तर मैले मात्रै सधै चुनाव लडिरहनु हुदैन्।’

एउटै व्यक्तिले सधै चुनाव लडिरहने पार्टीभित्रको परिपाटीलाई अन्त्य गर्न जरुरी रहेको र त्यसको सुरुवात आफूले गरेको उनको भनाइ छ। आफूले गरे जस्तै निर्णय जिल्लाका अन्य नेताले पनि गर्न सके पार्टीमा क्षमता भएका अन्यले अवसर पाउन सक्ने उनले बताए।

सांसद चौधरीले टिकट नलिने घोषणा गरेपछि बारा क्षेत्र नम्बर २ बाट जिविसका पूर्वसभापति छठ्ठुप्रसाद यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.