'निर्वाचनलाई पवित्र तुल्याउन कुनै कसर बाँकी राख्दैनौँ'

'निर्वाचनलाई पवित्र तुल्याउन कुनै कसर बाँकी राख्दैनौँ'

काठमाडौँ: निर्वाचन आयुक्त इला शर्माले आगामी मंसिरमा हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पवित्र तुल्याउन निर्वाचन आयोगले कुनै कसर बाँकी नराख्ने बताएकी छिन्। निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मुख्य प्रशिक्षण प्रशिक्षक तालीमको शुभारम्भ गर्दै उनले आचारसंहिताको पूर्णपालना गर्न गराउन राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन्।

आयुक्त नरेन्द्र दाहालले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा हुन लागेको निर्वाचनको व्यवस्थापन सरल तुल्याउने र मतदाताको सहभागिता बढाउने दिशामा सबैको सहयोगी भूमिका हुनुपर्नेमा जोड दिइन्।

प्रशासकीय अदातलका अध्यक्ष एवं संविधानविद् काशिराज दाहालले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउन निर्वाचन आयोगलाई आचारसंहिता उलंघन गर्ने पक्षलाई कानूनअनुरुप कारबाही गर्न सुझाव दिए।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव कमलशाली घिमिरेले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन बनेका ऐन र कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

आयोगका सहसचिव नवराज ढकालले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको क्रममा मतदाता नामावलीलाई अन्तिमरुप प्रदान गरिएको, मतपत्र छपाईको काम सुरु भएको र विभिन्न नौ प्रकारका तालीम प्रशिक्षण चलिरहेको जानकारी दिए।

नेपालस्थित संयुक्त राष्ट्रसघीय विकास कार्यक्रम युएनडीपीका प्रमुख रिनाउड मेयरले सयुक्त राष्ट्रसंघले नेपालको निर्वाचनको लागि प्राविधिक सहयोग गर्दै आएको जानकारी दिए।

उक्त प्रशिक्षणमा नेपाल सरकारका सचिव एवं सहसचिव मुख्य प्रशिक्षकको रुपमा सहभागिता रहेको छ । उनीहरुले निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा आउनसक्ने चुनौती र समस्या समाधानका उपायका बारेमा प्रदेश तहमा गएर प्रशिक्षण दिनुहुने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.