प्रमुख दलद्वारा उम्मेदवार सिफारिस

प्रमुख दलद्वारा उम्मेदवार सिफारिस

गाईघाट: मंसिर २१ गते प्रदेश र संघीय चुनावका लागि जिल्लाका प्रमुख तीन पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेका छन्। 

केन्द्रमा ‘बृहत वाम एकता' गरेका नेकपा (एमाले), नेकपा माओवादी केन्द्र र नयाँशक्तिले आआफ्नै तरिकाबाट आकांक्षीहरुको नाम सिफारिस गरेका छन्। केन्द्रमा चुनावी तालमेल भए पनि जिल्लामा त्यसबारे सर्कुलर प्राप्त नभएकाले आफ्नो पार्टीको केन्द्रीय नीति बमोजिम नाम सिफारिस गरिएको एमाले अध्यक्ष इश्वरमणि राउतले बताए।

एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट सिफारिस भइ आएका नामलाई शनिबार बसेको जिल्ला कमिटीको बैठकबाट अनुमोदन गरी सिफारिस गरेको हो। उता माओबादी केन्द्रले भने दसैंअघि नै नाम सिफारिस गरिसकेको छ। कांग्रेसले पनि केहि दिन अघि नाम सिफारिस गरिसकेको जनाएको छ।

एमालेबाट उम्मेदवार
एमालेले संघीय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा सांसद मन्जुकुमारी चौधरी, पूर्वकेन्द्रीय सल्लाहकार सदस्य राममणी पोखरेल र जिल्ला कमिटी सदस्य टेकबहादुर राउतको नाम सिफारिस गरेको छ।

त्यसै गरी क्षेत्र नं. २ का लागि वैकल्पिक पोलिटव्यूरो सदस्य तथा पूर्व सांसद जगन्नाथ खतिवडा र एमाले केन्द्रीय लेखा आयोग सदस्य तथा पुर्व सांसद विष्णुबहादुर राउतको नाम सिफारिस गरेको अध्यक्ष राउतले जनाए।

प्रदेशसभातर्फ एमालेले १ नम्बर क्षेत्र प्रदेश (क) मा प्रत्येक्षतर्फ २५ जनाको नाम सिफारिस गरेको छ भने क्षेत्र नं. १ प्रदेश (ख) बाट ८ जनाको नाम पठाउने टुंगो लागेको छ। क्षेत्र नं. २ प्रदेश (क) का लागि ९ जनाको नाम टुंगिएको पार्टीले जनाएको छ। प्रदेश (ख)बाट भने दुई) जनाको नाम पठाउने तयारी भएको छ।

कांग्रेसमा को-को परे
नेपाली कांग्रेस उदयपुरले संघीय र प्रदेशसभामा उठ्ने उम्मेदवारहरुको विकल्पसहितको नाम टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ। निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य डा. नारायण खड्का, पार्टी सभापति बिदुर बस्नेत, पूर्वसभासदद्वय प्रमिला राई र लक्ष्मी परियारको नाम सिफारिस गरेको छ।

क्षेत्र नं. २ मा सांसद नारायणबहादुर कार्की, पूर्व सभापति अर्जुनकुमार खड्का र संजिव थापाको नाम सिफारिस भएको छ। प्रदेशसभाका लागि निर्वाचन क्षेत्रनं १ को ‘क' मा ७ जनाको नाम सिफारिस भएको छ भने ‘ख' मा भने ४ जनाको नाम सिफारिस गरेको छ। क्षेत्र नं २ को ‘क' मा ६ जनाको नाम सिफारिसमा भएको छ भने ‘ख' बाट पाँच जनाको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ।

माओबादी केन्द्रबाट को-को परे
माओवादी केन्द्रको दशैअघि बसेको सचिवालयको बैठकले केन्द्र र प्रदेशका उम्मेदवारको सिफारिस गरेको हो। सो पार्टीले एक पदमा तीन-तीन जना उम्मेदवारको नाम सिफारिस गरेको जनाएको छ। प्रचार विभाग प्रमुख जिवनकुमार कार्कीकाअनुसार पूर्व सञ्चारमन्त्री एंवम माओवादीका बरिष्ठ नेता राम कार्की संघ (केन्द्र) को उदयपुरको क्षेत्र नम्बर २ बाट चुनाव उठ्ने भएका छन्।

क्षेत्र नं. २ मा राम कार्कीको साथै मोहनबहादुर खत्री, केपी बरालको नाम सिफारिस भएको छ। त्यसैगरी १ नम्बर क्षेत्रबाट सुरेशकुमार राई, मिनबहादुर ठकुरी र पुष्प बस्नेत सिफारिसमा परेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.