माले सांसद माओवादीमा प्रवेश

माले सांसद माओवादीमा प्रवेश

काठमाडौं : सांसद कलशादेवी महरासहित नेकपा मालेको ७ नम्बर प्रदेशको सिंगो कमिटी माओवादी केन्द्रमा समाहित भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार पार्टी केन्द्रीय कार्यालयमा सांसद महरासहित मालेको प्रदेश नम्बर ७ को पार्टी कमिटीलाई नै माओवादी केन्द्र प्रवेश गराएका हुन्।

 

सांसद महराले ध्रुवीकरण समयको माग भएकाले आफूसहित प्रदेश नम्बर ७ को कमिटी नै माओवादीमा ध्रुवीकृत हुन आएको बताएकी थिइन्। माओवादी केन्द्रका अध्यक्ष दाहालले अब वामपन्थी शक्तिले देशकै राजनीतिक नेतृत्व लिने गरी ठूलो ध्रुवीकरण प्रक्रिया सुरु भएको बताए। ‘देशैभरि राजनीतिक ध्रुवीकरण प्रक्रिया चलेको छ। वामपन्थी, प्रगतिशीलहरूको एउटै शक्तिशाली पार्टी बनाउने, देशको राजनीतिक नेतृत्व लिने र जनताको हितमा काम गर्ने गरी ठूलो ध्रुवीकरण चलेको छ’, दाहालले भने, ‘यो समयको माग पनि हो।’

काठमाडौंबाट धेरै टाढा रहेको प्रदेश नम्बर ७ का जनतामा राजनीतिक चेतना काठमाडौंवासीकै बराबर रहेको भन्दै अब त्यहाँ आर्थिक समृद्धि र विकास आवश्यक रहेको बताएका थिए। उनले अब काठमाडौंले त्यसतर्फ ध्यान दिने बताए। ‘राजतन्त्रकालमा सबैभन्दा बढी उपेक्षित क्षेत्र हो ७ नम्बर प्रदेश’, दाहालले भने, ‘उत्पीडित र पछाडि पारिएका क्षेत्रमा राजनीतिक चेतना आएको छ। राजनीतिक जागरणका हिसाबले काठमाडौंभन्दा पछाडि छैन। राज्यले अब त्यहाँको विकास र समृद्धिमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.