मुलुकभरका वडामा एकैदिन वाईसीएलको वडा सम्मेलन
काठमाडौं : नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले एकै दिन मुलुकभरका ६ हजार सात सय ४३ वडामा सम्मेलन गर्ने निर्णय गरेको हो । सो संगठनको केन्द्रीय समितिको आइतवार बसेको पूर्ण बैठकले कात्तिक ११ गते मुलुकभर वडा सम्मेलन गर्ने निर्णय गरेको हो ।
बैठकले २९ सदस्य कार्यालय, ६५ सदस्य सचिबालय, १ सय ९९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । साथै विभिन्न विभागहरु पनि गठन गरेको वाइसीएलले जनाएको छ । वाईसीएलले सोमबार स्कुलिङ्ग तथा प्रशिक्षणको कार्यक्रम तय गरेको छ ।
पार्टी अध्यक्ष प्रचण्डबाट सोमबार डिजिटल एप्स उदघाटन गरी कार्यक्रम सुरुगर्ने भएकोले सबै जिल्लाका संयोजक र सचिबलाई समेत कार्यक्रममा बोलाईएको छ । संगठनका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले संगठनलाई हाईटेक् प्रविधिमा लगि तल्लो तहसम्म संगठन सुदृढिकरणको अभियान लैजान निर्देशन दिए। विदेश रहेका युवाहरुलाई संगठति गर्ने उद्देश्यले विदेसमा विदेशमा नेपालीज युथ सेन्टर स्थापना गर्ने निर्णय बैठकले गरेको छ ।