राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक भक्तपुरको जिल्ला समिति गठन

राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक भक्तपुरको जिल्ला समिति गठन

भक्तपुर : पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको भक्तपुर जिल्ला समिति गठन गरिएको छ। राप्रपा नेपालसँग एकीकरण हुनुअघिको राप्रपाका जिल्ला अध्यक्ष रामशरण लामिछानेको अध्यक्षतामा ३१ सदस्यीय राप्रपा प्रजातान्त्रिक भक्तपुर जिल्ला समिति गठन गरिएको हो।राप्रपासँग टुक्रिएर बनेको राप्रपा प्रजातान्त्रिकमा आवद्ध भक्तपुरका ज्येष्ठ सदस्य नरबहादुर थापाको अध्यक्षतामा आइतबार भक्तपुरमा भएको कार्यकर्ता भेलाले लामिछानेको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति गठन गरिएको हो।

 

नवगठित जिल्ला समितिका सदस्यहरुमा नरबहादुर थापा, रामहरि थापा, लवकुमार कार्की, राजेन्द्रप्रसाद नापित, पञ्चकृष्ण श्रेष्ठ, भगवान थापा, कुवेर खत्री, दिनेश नेपाल, केशवप्रसाद अधिकारी, दिनेशप्रसाद व्याञ्जु, अर्जुनबहादुर थापा रहेको छन्।

त्यस्तै राजेन बादे, लव रजौरा, विष्णु राजथला, रुद्रबहादुर खड्का, कृष्णबहादुर महत, राजकुमार भडेल, रोशन थापा, राधिका अधिकारी, प्रकाश लामिछाने, अक्कलबहादुर मिजार, वीहिन्द्र खाइजू, तुलसीदेवी लाखा, सुरेशन दुवाल, सूर्यमान श्रेष्ठ, सुन्दर जुगुल, मुकेश बाटी, रामबहादुर खत्री, आत्माराम तिमिल्सेना र नवेन्द्रकुमार थापा पनि जिल्ला सदस्यमा रहेका छन्। भेलामा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्यहरु रवीन्द्रप्रताप शाह, सुरेन्द्र केसी, रामेश्वर थापाको पनि उपस्थितिमा थियो।

भेलामा केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले पार्टीमा विभाजन आए पनि भक्तपुरमा दुईतिहाइभन्दा बढी नेता तथा कार्यकर्ता राप्रपा प्रजातान्त्रिकमै रहेको सुनाउँदै राप्रपा प्रजातान्त्रिकका नेता तथा कार्यकर्ता विचलित हुनुपर्ने कुनै कारण नभएको बताए। राजनीतिक ध्रुवीकरणले पार्टी झन् सबल र मजबुत भएर अघि बढ्ने उनको भनाइ थियो।

नवगठित जिल्ला समितिका अध्यक्ष लामिछानेले भक्तपुरमा राप्रपा प्रजातान्त्रिकले हिजोको राप्रपाको स्थानलाई सुरक्षित राख्दै थप मजबुत हुने दावी गरे।उनका अनुसार मंसिर महिनामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको लागि उम्मेदवार चयन गर्न आफ्नो अध्यक्षतामा ११ सदस्यीय समिति बनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.