नवराज सिलवालका रोमाञ्चक कथा कस्ले बुनिदेला..
काठमाडौं : एमाले प्रवेश गरेपछि पूर्व डीआईजी नवराज सिलवाल अहिले चर्चामा छन् । राजीनामा स्वीकृत नभइ राजनीतिमा प्रवेश गरेको भन्दै उनको चर्चा थप चुलिएको छ ।
प्रहरी सेवामा आफूलाई आईजीपी नबनाएर अन्याय भएको र राजनीतिको माध्यमबाट समाज रुपान्तरण गर्ने उद्घोष गर्दै एमाले प्रवेश गरेका सिलवालले आइबार साँझ आफ्ना रोमान्चित कथा लेख्ने मान्छेको खोजी गरेका छन्।
आफूसँग रोमान्चित कथा भएको खुलासा गर्दै सिलवालले सामाजिक सञ्जाल ट्वीटर मार्फत् यस्तो उल्लेख गरेका हुन् । आइतबार बिहान ९ बजेतिर जीवनमा फरक सोच हुनेले डरबाट टाढा रहनुपर्ने आशयको ट्वीट गरेका सिलवालले साँझ आफूसँग रोमान्चित कथा भएको खुलासा गरेका हुन्।
आइतबार बिहानको ट्वीटमा सिलवालले लेखेका छन्, ‘जीवनमा केही फरक गर्ने सोच छ भने मन भित्रको डर भन्ने वस्तुलाई फ्याक्नु पर्दछ ।’
त्यस्तै सिलवालले साँझ भने आफ्ना जीवनका रोमान्चक कथा लेख्ने मान्छेको खोजी गर्दै ट्वीट गरेका हुन् । ‘म शब्दहरुमा निरन्तर जीवन खोजिरहेको हुन्छ । अनि घोरिन्छु, कतै शब्दहरु निर्जीव बने भने मेरो यात्राहरुको रोमान्चित कथाहरु कस्ले बुनिदेला ।’
म शव्दहरूमा निरन्तर जीवन खोजिरहेको हुन्छु। अनि घोरीन्छु, कतै शव्दहरू निर्जीव वने भने मेरा यात्राहरूको रोमान्चित कथाहरू कस्ले बुनिदेला।
— Nawa Raj Silwal (@Nawasilwal) October 8, 2017