वीरगन्ज महानगरमा फोरम नेपाललाई पहिलो गाँसमै ढुंगा

वीरगन्ज महानगरमा फोरम नेपाललाई पहिलो गाँसमै ढुंगा

वीरगन्ज : स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयरमा बाजी मार्न सफल भएको संघीय समाजवादी फोरम नेपाललाई पहिलो गाँसमै ढुंगा परेको छ। स्थानीय तहको निर्वाचनमा मेयर, वडा अध्यक्ष र सदस्यसहित सबै भन्दा बढी ५९ पद फोरम नेपालले जितेको भएपनि नगरकार्यपालिका गठनका लागि आइतबार भएको निर्वाचनमा भने काँग्रेसले सबै भन्दा बढी सदस्य पदमा जित हात पारेको छ।

महानगर कार्यपालिकाको आठ सदस्य पदका लागि भएको निर्वाचनमा कांग्रेसले चार सदस्यमा जित हात पारेको हो। यस्तै संघीय समाजवादी फोरम नेपालले भने तीन र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले एक सदस्य पद जितेको छ। कुल पाँच महिला सदस्य मध्ये कांग्रेसकी अनिता देवी, मनोजा चौधरी र रिनु देवी तथा फोरम नेपालकी बैजन्ती मालादेवी र राजपाकी बरकतुन नेशा विजयी भएका छन्।

यस्तै दलित वा अल्पसंख्यकको तीन सदस्य मध्ये कांग्रेसका अरविन्द गुप्ता तथा फोरम नेपालका निरन्जनप्रसाद साह सोनार र शूशील साह कानु निर्वाचित भएका छन्।

महानगर कार्यपालिका गठनका लागि आइतवार भएको निर्वाचनमा कांग्रेस, राजपा र नेपाल लोकतान्त्रिक फोरमले तालमेल गरेका थिए भने फोरम नेपाल र नेकपा एमालेले पनि आपसमा चुनावी तालमेल गरेर निर्वाचनमा भाग लिएका थिए।

नेकपा माओवादी केन्द्र भने यी दुवै मध्ये कुनै पनि गठबन्धनमा सहभागी नभए पनि अन्तिम समयमा उसले काँग्रेसको गठबन्धनलाइ सघाएको हो।

महानगर कार्यपालिका गठनका लागि आइतबार भएको निर्वाचनमा कुल एक सय ६१ मत खसेको थियो। कुल एक सय ६२ वटा पद रहेको वीरगन्ज महानगरपालिकामा स्थानीय तहको निर्वाचनमा फोरम नेपालले मेयर , वडा अध्यक्ष र सदस्य सहित सबै भन्दा बढि ५९ पद जितेको थियो।

दोश्रो स्थान प्राप्त गरेको काँग्रसले उपमेयर , वडा अध्यक्ष र सदस्य सहित ५८, एमालेले वडा अध्यक्ष र सदस्य सहित १९, राजपाले वडा अध्यक्ष र सदस्य सहित १६, लोकतान्त्रिक फोरमले वडा अध्यक्ष र सदस्य सहित ५ तथा माओवादी केन्द्रले वडा अध्यक्ष र सदस्य सहित ४ वटा पद जितेको थियो।

वडा नम्बर ९ को महिला दलित सदस्य पदमा कुनै पनि दल वा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता नगराएका कारण उक्त एक पद खाली नै रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.